
विराटनगरस्थित एक टेलर्सको महिला चेन्जिङ रुममा सिसीटिभी क्यामेरा जडान गरी प्रविधिको दुरुपयोग गरेको आ रो पमा एक जना प क्रा उ परेका छन् ।
विराटनगरको महावीर रोडमा रहेको जेन्टलमेन टेलर्सको महिला चेन्जिङ रुपममा सिसीटिभी जडान भएको पाइएपछि प्रहरीले सञ्चालक सद्दाम मियाँलाई प क्रा उ गरेको हो ।
उनलाई चेन्जिङ रुपमा सिसी क्यामेरा जडान गरेर आफ्नो कक्षमा राखेको कम्प्युटरमा मनिटर गरेको आ रो पमा प क्रा उ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सो टेलर्सकी ग्राहक महिलाले चेन्जिङ रुममा कपडा फेर्दै गर्दा सिसीटिभी देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
त्यसपछि प्रहरीले सञ्चालक मियाँलाई प क्रा उ गरेको हो । प क्रा उ परेका उनलाई कुन मुद्दा लगाउने विषयमा प्रहरीले कानुनी परामर्श सुरु गरेको छ । सिसी क्यामेराको फुटेज देखाएर कसैलाई बार्गेनिङ गरी पीडित बनाएको हुनसक्ने प्रहरीको आशंका छ ।
काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।
बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।
सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।
सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।