
पोखरामा ट्रकले स्कुटरलाई ठ क्कर दिँदा एक जनाको ज्यान गएको छ, भने एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् ।
पोखराको चाइना पुलमा पृथ्वीचोकबाट बुद्धचोक तर्फ जादै गरेको ग १४ प ५८२२ नं.को स्कुटरलाई सोही दिशाबाट जादै गरेको बा ०३/००१ ख १८१५ नं. को ट्रकले ठक्कर दिँदा पोखरा १४ काजीपोखरी बस्ने ६० वर्षीया शान्ति माया पुनको मृत्य भएको प्रहरीले जनाएको छ।
कास्की प्रहरीका अनुसार स्कुटरको पछाडि सवार पुनलाई दुर्घटना पश्चात उपचारको लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनामा स्कुटर चालक जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक ४२ वर्षीय डिल बहादुर सोमरे घाइते भएका छन् ।
ट्रक र ट्रक चालकलाई नियण्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।
बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।
सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।
सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।