
सामाजिक सञ्जालमा हामी विश्वभरका नयाँ नयाँ भिडियो हेर्ने गर्दछौँ । यी भिडियोमा कुनै रमाइलो, कुनै रोचक हुन्छन् । यसै बिच सामाजिक सञ्जालमा एक आमाले अफिस बसेरै घरमा नवजात शिशु बचाएको भिडियो भाइरल बनेको छ ।
चीनको संघाईमा एक आमा आफ्नो नवजात शिशुलाई श्रीमानको निगरानीमा छाडेर कार्यालय गइन् । तर जब कार्यालयमा उनले घरको सीसीटीवी नियालिन् तब भयभीत बनिन् । खासमा ती महिलाले काममा जाँदा शिशुको जिम्मा श्रीमानलाई दिएकी थिइन् । उनको बच्चा निदाएकै बेला ओढ्नेले मुख ढाकियो । र ती नवजात शिशु ओढ्नेले मुख ढाकिएपछि निसास्सिए । तर उनका श्रीमान् गहिरो निन्द्रामा परेकाले यो चाल पाएनन् ।
कार्यालयमा भएकी ती महिलाले जसै घरको सिसिटिभी फुटेज लाइभ हेरिन् तब उनी आत्तिइन् । बच्चा करिब दुई मिनेटसम्म मुख ढाकिँदा निसास्सिएर छटपटाइ रहेका थिए । तर जसै उनकी आमाले यो देखिन् उनले हतार हतार फोन गरेर श्रीमानलाई जगाइन् र बच्चाको मुख ढाकिएको जानकारी दिइन् । तब मात्र उनका पिताले हतार हतार बच्चाको मुखबाट ओढ्ने हटाएर आफ्नो अगांलोमा लिए र बच्चा सुरक्षित रहेको बताए ।
सामाजिक सञ्जालमा यो भिडियो हेर्नेहरुले महिलाको सुझबुझको प्रशंसा गरेका छन् । कतिपयले पिता गैर जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । जे भए पनि एक आमाको सुझबुझले ती नवजात शिशुको ज्यान बच्यो ।
काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।
बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।
सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।
सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।