आइतबार २१ जेठ २०८०

नेपाली काँग्रेसको सभापतिका लागि आसन्न महाधिवेशनमा लड्ने प्रत्याशी द्वय नेता प्रकाशमान सिंह र बिमलेन्द्र निधि काँग्रेसमा नयाँ नेतृत्व चाहिन्छ भन्दै देउवाबाट काँग्रेसले गति लिन नसक्ने भन्दै देउवा उपर खनिने गर्थे ।

एकाएक आज महाधिवेशनको मतपरिणाम सँगै दुवै नेता निधि र सिंहले देउवालाई समर्थन गरे । दोस्रो चरणमा पुगेको मतदानमा सिंह र निधिको समर्थन पाए सँगै पुन देउवा निर्बाचित हुने निश्चित छ । तर शेखरलाई समर्थन नगरी नेता द्वय निधि र सिंहले किन सेरबहादुरलाई रोजे बडो अचम्मको कुरा छ ।

नेतृत्व परिवर्तन गर्ने भन्दै आएका नेता प्रकाशमान सिंह अन्ततः नेता शेरबहादुर देउवालाई समर्थन गर्न पुगेका छन् । निधि पनि सोही बाटोमा नेता देउवालाई नै समर्थनन गर्न पुगे ।

कृष्णप्रसाद सिटौलाको समूहले समर्थन गर्दा पनि देउवाले पहिलो चरणमा बहुमत जुटाउन सकेनन् । सभापतिमा निर्वाचित हुन खसेको मत ४ हजार ६७९ को बहुमत अर्थात २३४० चाहिन्थ्यो, तर देउवाले २ हजार २५८ मात्र पाए । दोस्रो स्थानमा रहेका शेखरले १७०२ मत पाए ।

देउवा इतरका चार उम्मेदवारले पाएको मत बहुमत भएकाले उत्साहित शेखर र उनको टीमले संस्थापन इतरका सबैको साथ खोजे, तर परिणाम उल्टो आयो । सबैले देउवालाई साथ दिए । त्यसको सुरुवात प्रकाशमान सिंहले गरे ।

मतदान सकिँदा नसकिँदै देउवाको सन्देश बोकेर गृहमन्त्री बालकृष्ण खाँण, सिंहको निवास चाक्सीबारी पुगेका थिए । त्यसको केहीबेरमा प्रधानमन्त्री एवं काग्रेस सभापति देउवा आफैं चाक्सीबारी पुगे । भेटवार्तापछि देउवाको छेउमा उभिएर सिंहले पत्रकारहरुसँग भने, ‘दोस्रो चरणमा हामी उहाँलाई नै समर्थन गर्ने निर्णयमा पुगेका छौं ।’

आफूहरुले नेतृत्व परिर्वतन गर्नुपर्छ भनेर निर्वाचनमा भाग लिएपनि महाधिवेशन प्रतिनिधिको बहुमतले वर्तमान सभापतिलाई स्वीकार गरेको देखिएको र देउवाले विधान संशोधनदेखि अन्य कमीकमजोरी सुधारसम्मको प्रतिवद्धता जनाएको उनले सुनाए ।

दोस्रो चरणमा समर्थन गर्ने सिंहको बचन भुइँमा खस्न नपाउँदै देउवाले मुस्कुराउँदै हात जोडेर धन्यवाद ज्ञापन गरे ।

सिंहको यो निर्णय देउवाका निम्ति पार्टी सभापतिमा दोहोरिने सञ्जिवनी बुटी थियो भने शेखरका लागि सरप्राइज । ‘प्रकाश दाइले पछिल्ला ३–४ वर्ष ‘एन्टी देउवा’ राजनीति गर्नु भयो’, शेखरनिकट एक नेता भन्छन्, ‘अहिले उहाँले नै समर्थन गर्नु हाम्रा लागि सरप्राइज हो ।’


Last Updated on: December 15th, 2021 at 2:00 pm
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया