
पर्वत जिलामा रहेको मोदि खोला हाइड्रोपावरमा काम गर्ने कामदार काम गर्ने क्रममा बेपता भएका थिए । बिहान करिव ९ बजे घटना भएता पनि उनको खोजी कार्य बेलुका मात्र सुरु गरेको भन्दै त्यहाँ काम गर्ने कामदार तथा स्थायीहरुले बिरोध गरेका थिए । ९ बजे भएको घटना बेलुकी ५ बजि सक्दा पनि खोजी कार्यको कुनै आत्तोपत्तो नभए पछि उनिहरु आक्रोशित भएका थिए । बेपत्ता हुने बित्तिकै उक्त हाइड्रोपावरका हाकिमले जानकारी पाएको भएता पनि उनी त्यहाबाट कतै हिडेका थिए । बेलुकी ५ बजे तिर मात्र उनी प्रहरी सगै आएका थिए ।
उद्योगपति बिनोद चौधरिको लगानिमा बनिरहेको उक्त हाइड्रोपावरमा गंगाबहादुर काम गर्दथे । सुरुङ भित्र काम गर्ने उनी करेन्ट लागेर सुरुङ भित्रकै पानीमा हराएका थिए । करिब २४ घण्टा पछि उनको शव गोताखोरको टिमले फेला पारेको हो । बिगत दुई वर्ष देखि उनी उक्त स्थानमा काम गर्दै आएका थिए । सुरुङ भित्र पनिको ओभर फ्लो भए पछि त्यसलाई घटाउनका लागि मोटर चलाउन गएका उनी अचानक सुरुङ भित्र नै हराएका थिए । निकै ढिलो गरि उनको खोजी कार्य भएको थियो ।
२४ घण्टा पछि उनको शव सशस्त्र प्रहरिको गोताखोरको टोलिले बाहिर निकालेको छ । दिनहु त्यसरी सुरुङ भित्र काम गर्ने त्यहाका कामदारहरुलाई कुनै सुरक्षाको साधन नदिइएको त्यहा काम गर्ने अन्य कामदारहरु बताउँछन । सुरक्षाको कुनै साधन नभए पछि आफुहरु जोखिम मोलेरै भए पनि काम गर्नु पर्ने बाध्यता रहेको उनिहरुले बताएका छन । उनिहरु तीन जना भित्र गएको बुझिएको छ । तर उनलाई अर्थिङ तारबट करेन्ट लागेर उनी पानी भित्र परेको बताईएको छ ।
अहिले उनको शव निकालेर बाहिर राखिएको छ । उनका आफन्तहरुले शव बुझ्न मानिरहेका छैनन । मुचुल्का उठाउन पनि उनिहरुले सहमती दिएका छैनन । मृतकले उचित क्षतिपूर्ति पाउनु पर्ने उनिहरुको माग छ । साथै त्यहा काम गर्ने सम्पुर्ण कामदारहरुलाई कम्पनिले सुरक्षाको साधनहरु दिएर मात्र काममा पठाउनु पर्ने उनिहरुको माग छ । मृतकका आफन्त, त्यहाका कामदार लगायतले बिरोध गरे पछि केही बेर झडप पनि भएको थियो । उनको उद्दारमा लापर्बाही गरेको पनि उनिहरुको अरोप छ ।
घटना भए लगत्तै जानकारी पाएका त्यहाका म्यानेजर करिब ७/८ घण्टा पछि जिल्ला प्रमुख अधिकारीसगँ घटनास्थल आएको बताए । बिहान ९ बजे नै घटनाको जानकारी पाएर तत्काल उद्दारका लागि सम्बन्धित निकायमा खबर गरि उद्दार गर्नुको सट्टा हाइड्रोपावरका हाकिमहरु फोन नउठाई बसेको र अगिले दलबल सहित आएर कामदार तथा स्थानियलाई तर्साउन खोजेको उनिहरुको भनाई थियो । तत्कार उद्दार नगरेर म’र्न का लागि छोडेको उनिहरुको आरोप छ । (भिडियो