
नेपालका चर्चित र्यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन्।
अब युवाको पालो आएको भन्दै उनले आगामी स्थानीय तहको चुनावमा मेयरमा उम्मेदवारी दिने सामाजिक संजाल फेसबुकमा बताएका हुन्।
उनले भनेका छन्,‘अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ? हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं।’
उनले ब्याचलरमा सिभिल इन्जिनियरिङ र मास्टर्समा प्रविधि र स्ट्रक्चरल इन्जिनियरिङसम्मको अध्ययन गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर प्रसाद कोइरालाले आफू पराजित भए पनि आफ्ने टिमले विजयी हासिल गरेको बताएका छन् ।
कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नेपाली कांग्रेसका तपाइँ जस्ता साथीहरू, लोकतन्त्र प्रेमी नेपाली, कांग्रेसलाई माया गर्ने साथीहरू र आम जनताले हामीले लिएको कदम र हाम्रो टिमले लिएको कदमको विजय उहाँहरूले सोच्नुभएको छ । त्यसकारण पनि हामी विजयी भएका छौँ ।’
आफू सभापति पदमा पराजित हुनुलाई स्वभाविक रूपमा लिएको उनले प्रष्टाए । उनले भने, ‘म पाजित भएँ, निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ, त्यो स्वाभाविक नै हो । मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । कुनै कुन्ठा बोकेको छैन् । कसले के गर्याे ? कसो गर्याे ? किन गर्याे ? भन्ने कुरा पनि मेरो मनमा छैन ।’