बिहिबार २५ जेठ २०८०

झापा । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने बताएका छन् ।
गृह जिल्ला झापामा रहेका बुवा मोहनप्रसादलाई भेट्न ओली आइतबार पुगेका थिए । छोरालाई भेटेपछि मोहनप्रसादले सञ्चारकर्मीसँगको कुराकानीमा आगामी चुनावमा आफ्नो छोराले जितेर पुनः ५ वर्ष एकलौटी सरकार चलाउने दाबी गरे ।

उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’

आफ्नो छोरा अझैँ २० वर्षसम्म स्वस्थ रहने बताउदै ९० वर्षीय मोहनप्रसादले छोरा ओलीलाई षड्यन्त्र गरेर प्रधानमन्त्री पदबाट हटाइएकाे पनि बताए ।

उनका अनुसार ओलीलाई जनताले फेरि सत्तामा पुर्‍याउछन् र पाँच वर्ष सरकार चलाउछन् ।

यो पनि,,काङ्ग्रेस महाधिवेशन मन्चमै ओलिले माधब र प्रचण्डलाई झपारेपछी भिजेको मुसा जस्तो लुरुक्क (हेर्नुस भिडियो)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र काँग्रेसमात्र भएको बताएका छन् । ओलीले अरु सवै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गरे ।

शुक्रबार नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्व लाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन् । फेरि बन्छन् फेरि बिलाउँछन्’, अध्यक्ष ओलीको भनाइ छ ।

उनले अरु पार्टीलाई पानीका फोकाको संज्ञा समेत दिए । ‘पानीका फोकाजस्तो उठिरहन्छन्, फुटिरहन्छन्’, उनले नेकपा एमाले देशको प्रमुख पार्टी भएको भन्दै यसको काँधमा प्रमुख अभि भारा रहेको दावी समेत गरे ।

उनले नेपाली काँग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको बताए । भने, ‘नेपाली काँग्रेसलाई समेत सम्झाउनुछ ।

त्यस कामका लागि अहिले म जाँदैछु’, ओलीको भनाइ छ । उक्त कार्यक्रमपछि ओली काँग्रेसको महाधिवेशनमा सहभागी हुँदैछन् ।


Last Updated on: December 15th, 2021 at 7:37 pm
८७० पटक हेरिएको

तपाईको प्रतिक्रिया