बुधबार १७ जेठ २०८०

दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****.

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ः०० अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

राजधानी लिमाबाट ६०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित दुर्घटना स्थलको प्रारम्भिक रिपोर्ट अनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेका प्रहरीले बताएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दुर्घटना भएको सूचनापछि लगत्तै उद्धार टोली, दमकलकर्मी र प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरि नजिकैको नास्काको अस्पताल लगिएको छ । पेरुको प्रहरिले दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।

बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।

सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।

सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।

२१ वर्ष पछि आएर बेलायती रक्षा मन्त्रालयले भारतीय सेनाका भूत पूर्व गोर्खा सैनिकलाई दिइएको भन्दा १४० प्रतिशत मात्रै बढी पेन्सन दिन सकिने बताएको हो । लामो समयदेखि आन्दोलनमा रहेका भूपू गोर्खाहरुको माग सम्बोधन गर्न बेलायती रक्षा मन्त्रालयले पेन्सन बढाउने योजना सार्वजनिक गरेको हो ।

परराष्ट्रलाई पठायो जानकारी : बेलायती रक्षा मन्त्रालयले लन्डनस्थित नेपाली दूतावासमार्फत् परराष्ट्र मन्त्रालयमा यससम्बन्धी जानकारी पठाएको छ । मन्त्रायका एक अधिकारीले बेलायतको उक्त निणर्यबारे जानकारी आएको बताए । ‘बेलायतले सार्वजनिक गरेको विवरण प्राप्त भएको छ । यसबारे अध्ययन गर्दैछौं’ उनले भने । ती अधिकारीका अनुसार नेपाल सरकारको आधिकारिक धारणा बेलायती सेनामा काम गरेका पूर्व बेलायती नागरिक सरह नै पेन्सन पाउनु पर्छ भन्ने नै हो ।


Last Updated on: December 16th, 2021 at 10:42 am
४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया