
मंसिर २९- सुनसरीको ईटहरी उप–महनगरपालिका–४ स्थितमा आफ्नै सालोले छु रा प्र हार गर्दा भिनाजुको ज्यान गएको छ । ईटहरी–४ का ५१ वर्षीय श्री मुरारी गिरीको छु रा प्र हारबाट ज्यान गएको हो । हिजो बेलुका साढे ४ बजे गिरी कै घरमा बस्दै आएका १९ वर्षीय सालो अर्जुन राईले गिरीको छातिमा छु रा प्र हार गरेका थिए ।
छु रा प्र हारबाट घाईते भएका गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राती ७ बजे ज्यान गएको थियो । छु रा प्र हार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
फेसबुकमा पछ्याउनुहोस्
यो पनि पढ्नुहोस – झापाको बाह्रदशी गाउँपालिका–४ का कृषकलाई अब सिञ्चाईको समस्या हल भएको छ ।
केही वर्ष अघिसम्म सिञ्चाईको अभावका कारण खेतीयोग्य जमिन हिँउदको समयमा बाँझैं रहेने गरेका थिए । तर, बाह्रदशी गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष समिम मियाले कृषिलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गर्दै सिञ्चाईका लागि मोटर, बोरिङ कृषकलाई अनुदानमा उपलब्ध गराउन थालेसंगै सिञ्चाईको समस्या हल भएको हो ।
अहिले बाह्रदशी–४ का कृषकका लागि १२० वटा विभिन्न ठाउँमा ४ इञ्चको बोरिङ गाडिएको छ भने २५० थान मोटर बितरण गरिएको छ । १५० वटा स्प्रे ट्याङ्की बितरण गरिएको छ भने कृषकका लागि २० थान थ्रेसर मेसिन समेत बितरण गरिएको वडाध्यक्ष मियाले बताए । केही सामग्री सत प्रतिशत अनुदानमा रहेका छन् भने केही केही सामग्री कृषकको समेत सहभागीतामा बितरण गरिएको हो ।
कृषकका लागि ३० लाख रुपैयाँ बराबरको सिञ्चाईका विभिन्न सामग्री बितरण गरिएको छ भने २० लाख रुपैयाँ भन्दा बढी सामग्री खरिदमा कृषकको समेत सहभागीतामा रहेको छ ।