
निकै लामो समयदेखि मुकुन्देको बिबाहको कुरा चलिरहेको थियो सामाजिक संजालमा तर मुकुनेले भने आफुले खोजे जस्तै भेटिए बिबाह गर्ने बताउँदै आएका थिए । ४० वर्षका मुकुन्देको मंसिर २७ गते झापाकी इन्दिरासगँ बिबाह भएको छ । बिबाह हुनु भन्दा केही दिन अघि उनिहरुको दस दिने दाजुभाइमा जुठो परे पछि मुकुन्देको घरमा ओअनि बिबाह गर्ने या नगर्ने भन्ने निकै विवाद भएको थियो । मुकुन्दे भने आफ्नो घरभन्दा बाहिरको जुठोले बिबाह नरोकिने बताउँदै आएका थिए ।
मुकुन्देका बुबाले भने दस दिने दाजुभाइमाइ जुठो भएकोले घरबाट बिबाह नहुने र घरमा नभित्राउने पनि बताएका थिए । बाउ छोरा बिचको यो बिबादले मुकुन्देको बिबाह हो कि रोकिएला भन्ने धेरैलाई थियो । तर निर्धारित मितिमै मुकुन्देको बिबाह सम्पन्न भएको छ । घर भित्रबाट बेहुला नअन्माएता पनि आफ्नै घर बाहिर आगनबाट मुकुन्दे अन्मिएर इन्दिरालाई लिन गए । झुठो परेकाले बुबा आमाले भने मुकुन्देलाई अन्माएनन । आफन्तहरुले अन्माएका थिए मुकुन्देलाई ।
बिबाह समारोहमा मुकुन्देका बुबा भने सहभागी भएनन । आफुले सबै कुरा निश्चित भै सकेकोले बिबाह गर्न नरोक्ने तर आफू भने सहभागी नहुने बताए । आफ्नो परम्परा अनुसार बिबाह नै गर्न नहुने थियो तर पनि आफुले उक्त अनुमती दिएको तर आफू भने सहभागी नहुने उनका बुबाले बताएका थिए । मुकुन्दे केही आफ्ना आफन्त सहित दुलहिको घर गएका थिए । पहिले तयारी गरे अनुसार भने उनको बिबाहको रौनक घरमा नभएको मुकुन्दे आफैले पनि बताए ।
तर बेहुलिको घरमा भने राम्रै तयस्री देखिएको थियो । उनिहरुले हिन्दु परम्परा अनुसार नै बिबाह गरेका हुन । हिन्दु परम्परालाई आलोचना गर्दै आएका मुकुन्देले बिबाह भने हिन्दु परम्परा अनुसार नै गरे । बिबाहमा मुकुन्दे निकै खुशी भएको प्रतिक्रिया दिए । साथै उनी श्रीमती इन्दिरा सगैँ नाचेर खुशी साटासाट पनि गरे । बिबाह पछि मुकुन्देको घरमा भने भित्राउन भने पाएनन । उनलाइ बाहिरै सबैले टीका लगाइदिए पछि मात्र मुकुन्दे र इन्दिरा घर भित्र गएका थिए । अन्य आफन्तले टीका लगाईदिएता पनि मुकुन्देका बाबू आमाले भने टीका लगाइदिएनन ।
केही हप्ता अघि मुकुन्देले झापाकी इन्दिरा संगौलासगँ फुलमाला गरेका थिए भने उनको बिबाह मंसिर २७ गतेका लागि तोकिएको थियो । यस अघि मुकुन्देले कतै आफ्नो आफन्त पर्ने कै मृ’त्यु भएको भनी घरमा आफ्नो बिबाहको बारेमा अल्छी गरेको बताएको थियो । तर बेहुली पक्षमा भने भब्य तयारी भएको बुझिएको मुकुन्देको भनाई थियो । घरमा भने भाईहरु पनि अशंबण्डा गरेको समय पनि भएकोले बाहाना पाएर भड्किएको उनले बताएका थिए ।(भिडियो हेर्नुस)