
केही दिन अघि बाग्लुङ जिल्लाको बुर्तिबाङकि ७८ वर्षिय एक वृद्ध आमा छोराको खोजी गरिन भन्दै मिडियामा आएकी थिइन । बुर्तिबाङ घर भएकी ती बृद्धअबश्था भएकी आमा ओढ्ने ओछ्याउने समेत पोको पारेर बोकि चितवन पत्रकार सन्तोस देउजालाई भेट्न आएकी थिइन । आफ्नो छोरा वैदेशिक रोजगारीको क्रममा साउदी गएको र सम्पर्क बिहिन भएको उनले बताएकि थिइन । तर साउदीवाट फर्किए पछि एक महिला लिएर लुकेर बसेको उनले बताएकी थिइन् ।
छोरा लक्ष्मण बिककि श्रीमती र ४ छोराछोरी पनि आफू सगैँ भएको ती वृद्ध आमाले बताएकि थिइन् । उनी मिडिया आए पछि लक्ष्मण बिक को खोजी भएको थियो । खोजी गर्दै जादा लक्ष्मण बिक चितवन जिल्लाको भरतपुर महानगरपालिका ११ स्थित बसेरी भन्ने ठाउँमा अर्कि एक महिला लिएर केही वर्ष अघिबाट बस्दै आएको खुलेको थियो । लक्ष्मणको अहिले कान्छी श्रीमती र एक बच्चा पनि भएको खबर मिडियाले खोजी गर्ने क्रममा पाएको बताइएको छ ।
पहिले नै प्रेम बिबाह गरेका उनिहरु अहिले लक्ष्मण कि कान्छी श्रीमतीको माइतिबाट टीका थाप्न भनी बोलाए पछि उनिहरु दमौली जान केही जन्ती सहित उनिहरु अहिले पक्राउ परेका छन । उनिहरु दमौली जान भने बसेको स्थानबाट हिडि सकेको सुचना पाए पछि उनकी आमा, जेठी श्रीमती, मिडियाकर्मी र प्रहरि समेत भएर उनलाई पोखरा जाने बसपार्कबाट बस चढी सकेको अवस्थामा भेटिएका थिए । अहिले उनकी कान्छी श्रीमतिले आफुलाई यस बारे केही थाहा नभएको बताईन ।
लक्षण भने आफुले गल्ती गरेको भन्दै आफूले गल्ती स्वीकार गरेकोले आफुलाई आफ्नो काम गर्न दिनु भन्दै प्रहरी समक्ष जान आनाकानी गरेका थिए । उनको घरमा तीन छोरी, एक छोरा, श्रीमती र आमा रहेका छन । तर पनि वैदेशिक रोजगारीमा गएका उनी फर्किएर अर्कै बिबाह गरि चितवनमा लुकेर बस्दै आएका थिए । उनकी कान्छी श्रीमतिले भने श्रीमान लक्ष्मणले आफुलाई अभिबाहित भएको भनेर बिबाह गरेको बताईन ।
आफुलाई उस्को बिबाह भएको र छोराछोरी भएको भन्ने बारेमा केही पनि थाहा नभएको बताएकी छिन । त्यसैले आफ्नो यसमा कुनै गल्ती नभएको भन्दै आफू निर्दोष भएको पनि उनले बताईन । आफ्नो छोरा लक्ष्मणलाई भेट्ने बित्तिकै उनकी आमा अङ्गालो हालेर भक्कानिएकी थिइन । अहिले लक्ष्मण, उनकी कान्छी श्रीमती, बच्चा सहित उनको बिबाहमा हिडेका जन्ती समेत सबैलाई प्रहरीको जिम्मा लगाइएको छ । अब प्रहरी छलफल गरे पछि उनिहरुको निर्णय हुनेछ । (भिडियो हेर्नुस)