बिहिबार २५ जेठ २०८०

भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा बाँचेका पाइलट सिंहको निधन
२९ मंसिर । भारतमा रक्षा प्रमुख जनरल विपिन रावतसहितको मृत्यु हुने गरी भएको सैनिक हेलिकोप्टर दुर्घटनमा बाँचेका एकमात्र पाइलट बरुण सिंहको पनि निधन भएको छ । उनको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

इन्डियन एयर फोर्सले ट्वीटमार्फत् सिंहको निधन भएको जानकारी दिएको छ । उनलाई बचाउन हरसम्भव कोशिश भएको भारतका रक्षामन्त्री राजनाथ सिंहले यसअघि संसदमा जानकारी गराएका थिए ।

भारतको तालिमनाडुमा गत हप्ता भएको होलिकोप्टर दुर्घटनामा जनरल रावतसहित उनकी पत्नी, सैनिक उच्च अधिकारीलगायत १४ जनाको निधन भएको छ ।

यो पनि – विश्वप्रकाश, प्रदीप र गगनमध्ये को जित्ला ?

नेपाली काँग्रेसमा २ जना महामन्त्रीको पद छ । १४औं महाधिवेशनमा सभापति पछि महामन्त्रीको प्रतिष्पर्धालाई चासोका साथ हेरिएको छ ।

महामन्त्रीमा दुई प्रभावशाली नेता र तीन उदीयमान काँग्रेस नेताहरु प्रतिष्पर्धामा छन् । पाँचैजना नेविसंघको राजनीतिबाट आएका हुन् ।

विश्वप्रकाश शर्मा र प्रदीप पौडेल नेविसंघका पूर्व सभापति हुन् । गगन थापा पूर्वमहामन्त्री हुन् ।

तीनैजना लोकप्रीय नेताहरु पराजित हुने सम्भावना पनि छ । उनीहरु पराजित भएमा प्रकाशशरण महत र मिनेन्द्र रिजाल विजयी हुनेछन् । महत पूर्वमन्त्री हुन् । रिजाल अहिलेका रक्षामन्त्री हुन् ।

तीन लोकप्रीय नेताहरुमध्ये एक विजयी हुने आँकलन समेत गरिएको छ । धेरैले प्रदीप पौडेल र गगन थापा जित्ने विश्लेषण गरिरहेका छन् । विश्वप्रकाश शर्मा पनि लोकप्रीय मतबाट विजयी हुने अनुमान भइरहेको छ ।

विश्वप्रकाश शर्मा सिंहको प्यानलबाट उम्मेदवार छन् । उनले यसअघिको देउवा प्यानल छाडिसके । प्रदीप पौडेल देउवा प्यानलबाट उम्मेदवार हुन् । उनी निकै खटिएका छन् ।

गगन थापा डा. शेखर कोइरालाको प्यानलबाट छन् । उनी लोकप्रीय नेता हुन् ।

 


Last Updated on: December 16th, 2021 at 2:25 pm
२२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया