आइतबार २१ जेठ २०८०

मलङ्गवा, १ पुस-सर्लाहीमा आ गोले ज ले र तीन जनाको मृ त्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आ ग ला गी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको ज ले र मृ त्यु भएको हो ।

आ गोले ज ले र गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडाँै लगिँदै गर्दा बाटोमै मृ त्यु भएको प्रहरीले जनाएको छ । फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आ ग ला गी हुँदा मृ तक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो । आ गो ले ज ले र जोगी महरा आफैँ र उहाँकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । आ ग ला गी का कारण घरभित्र रहेका सम्पूर्ण सरसमान समेत ज ले र नष्ट भएका छन् ।

यसैगरी सर्लाही सदरमुकाम मलङ्गवा–६ खुटौनामा आ गो ले ज ले र एक वृद्धको मृ त्यु भएको छ । आ गोले ज ले र गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको गए राति जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृ त्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । अत्यधिक मदिरा सेवन गरेका नसिर घुर ताप्ने समयमा शरीरमा आ गो लागेको मृ तककी पत्नी मदिना खातुनले जानकारी दिनुभयो । जाडो बढेसँगै सर्लाहीमा केही दिनयता आ ग ला गी का घटनामा वृद्धि भएको छ । (रासस)

प्रतिक्रिया


Last Updated on: December 16th, 2021 at 2:34 pm
२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया