
तुलसीपुर,२७ मंसीर । राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर स्थित सिरखोलामा जीप दुर्घटनामा परि मृत्यु भएकाहरुको शोकमा आज सल्यानको कपुरकोट बजार एक दिन बन्द गरिएको छ । तुलसीपुरबाट सल्यानको सिमपानी जादै गरेको रा १ ज ४३८ नम्वरको जिप तुलसीपुर ३ सिरखोला नजिक आईतवार अपरान्ह साढे चार बजे दुर्घटना भएको थियो । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा थप उपचारका लागि नेपालगंज रिफर भएका कपुरकोट गाउँपालिका ३ निबासी ५२ बर्षका चन्द्र बहादुर खड्का, सोहि ठाउँ बस्ने ४८ बर्षिय प्रेम प्रकास शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ति र लालमती खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४ धनबाङ बस्ने २२ वर्षीया लक्ष्मी बुढा,सोहि गाउँपालिका ३ बस्ने ४५ देवा चापागाई,२७ वर्षीय भुप बहादुर थापा,२२ धर्म थापा,उहाँको छोरा ५वर्षीया दिपेश थापा,सोहि गाउँपालिका ४ किमिरेचौर बस्ने ३६ वर्षीय डम्बर बहादुर बुढाथोकी,१८ वर्षीया अनिता पुन,सोहि गाउँपालिका १ बस्ने आरति पुन,सोहि गाउँपालिका १९ वर्षीया रमिता बस्नेत लगाएतका रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये हाल ७ जनाको बाँकेका विभिन्न अस्पतादमा उपवचार भईरहेको छ भने एक जनाको तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ । अन्य घाईतेहरुको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि डिस्चार्ज भएको छ । उक्त दुर्घटना बारे कारण खुलेको छैन । चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।