बुधबार १७ जेठ २०८०

कुवेतमा अर्घाखाँचीका राजकुमार खड्काको नि’धन भएको छ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका राजकुमार खड्काको हृ’दयघा’तका कारण नि’धन भएको हो ।

अर्घाखाँची, सितागंगा -२, निपाने स्थायी घर भएका खड्काको ०५ डिसेम्बर २०२१ का दिन कोठामा सुतेकै अवस्थामा नि’धन भएको उनका दाजु कृष्ण खड्काले जानकारी दिएका छन ।

मृ’तक वैदेशिक रोजगार लागि सन् २०१६ मा कुवेत गएका हुन ।
मृ’तक खडकाले रेफ्रीजेरेसन इन्डस्ट्रीज एण्ड स्टोरेज कम्पनीमा काम गर्दै आएका थिए । मृ’तकको घरमा श्रीमती र एक छोरा छन ।

मृ’तकको श’व जतिसक्दो छिटो स्वदेश फर्काईदिन उनको दाजु कृष्ण खड्काले नेपाली दूतावास कुवेतलाई अनुरोध गरेका छन

कुवेतस्थित नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार मृ’तकको प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भईसकेको छ ।

उनको पोस्टमार्टम रिपोर्टमा हृद’यघा”तका कारण नि’धन भएको जनाएको छ ।

000

श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपाल शीर्षस्थानमा

श्रीलकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यु-१९ महिला साफ च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । बुधबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलंकालाई ६-० अन्तरले पराजित गरेको हो ।

श्रीलंकाविरुद्ध पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल थपेको हो । नेपालको पहिलो जितमा फरवार्ड रश्मीकुमारी घिसिङले दुई गोल गरिन् । यस्तै सविता राना मगर, रजनी थोकर, मेनुका आले मगर र सलोनी राना मगरले एक एक गोल गरे ।

खेलको पाँच मिनेटै रश्मीले नेपाललाई सुरूवाती अग्रता दिलाइन् । त्यसको एक मिनेट बित्न नपाउँदै सविता राना मगरले दोहोरो अग्रता बनाइन् । मेनुका आले मगरले ४३ मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपालले ३-० को अग्रता बनायो ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै फरवार्ड रजनी थोकरले नेपाललाई ४-० को स्थितिमा पुर्‍याइन् भने सलोनी राना मगरले ५३ औं मिनेटमा छैटौं गोल गरिन् । खेलको ८५ मिनेटमा रश्मीले फ्रि किकमा गोल गर्दै नेपाललाई ६-० अन्तरको जित दिलाइन् ।

नेपालले सुरुवाती मिनेटबाटै श्रीलंकालाई दबाबमा राखेको थियो । अधिकांश समय श्रीलंकाको बक्समा बल राखेको नेपालले केही राम्रो अवसरसमेत गुमाएको थियो ।

जितसँगै नेपालले आफ्नो उपाधि यात्रालाई निरन्तरता दिएको छ । यसअघि नेपाल पहिलो खेलमा आयोजक बंगलोदशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

जितसँगै नेपाल दुई खेलबाट चार अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको छ । आयोजक बंगलादेश समान चार अंक भए पनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।

पराजित श्रीलंका भने एक खेलअघि नै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । उसले तीन खेलबाट कुनै पनि अंक जोड्न सकेको छैन र १६ गोल व्यहाेरेको छ ।

यता, एक खेलबाट ३ अंक जोडेको भारत तेस्रो स्थानमा रहँदा खेलबाट तीन अंक बनाएको भुटान चौथो स्थानमा छ । श्रीलंका भने पुछारमा छ ।

अब, नेपालले प्रतियोगिताको आफ्नो तेस्रो खेलमा शुक्रबार भुटानको साम


Last Updated on: December 16th, 2021 at 4:22 pm
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया