बुधबार १७ जेठ २०८०

नसरी जिल्लाको इटहरीकि एक बिबाहित महिला अहिले जेठाजु नाता पर्नेसगँ फ’रार भएकी छिन । उनका श्रीमान भने वैदेशिक रोजगारीको क्रममा बिदेशमै रहेका छन । श्रीमान बिदेशमै रहेको बेला मन्जु राई नाम गरेकी ती महिला आफ्नी एक सानी छोरी छोडेर जेठाजु नाता पर्नेसगँ फ’रार भएको स्थानियहरुले मिडियालाई बताएका छन । बेलबारी जान्छु भनी उनी हिडेको स्थानियको भनाई छ ।

मन्जुका आफ्नै जेठाजुका अनुसार मन्जुले छोरिलाई स्कुल पठाएपछि आफू हिँडेकी थिइन्। आफू केही पर खसि काट्नमा ब्यस्त रहेकोले बुहारी हिडेको भने नदेखेको उनको भनाई छ । मन्जु बेलुकसम्म पनि नआए पछि उनको खोजी गर्दा खाना पकाउने ग्यासको गन्ध उनको कोठाबाट आएको थाहा पाएर उनको कोठामा हेर्दा ग्यास खुल्ला छोडेर हिडेको भेटिएको मन्जुका जेठाजुले बताएका छन । आफुहरुले तत्काल उनको माइतिमा पनि खबर गरेको र मन्जुको खोजी गरेको उनले बताए ।

मन्जु अहिले नजिकै गृलमा काम गर्ने एक ब्याक्तिसगँ गएको भन्ने खुल्न आएको मन्जुका जेठाजुले बताए । ती ब्याक्ती भने नाताले मन्जुको जेठाजु नै पर्ने उनको भनाई छ । मन्जु हराए पछि आफुहरुले प्रहरिमा उजुरी पछि उनको फोन डिटेल प्रहरिले हेर्दा त्यही ब्याक्तिसगँ फोन सम्पर्क हुने गरेको देखिएकोले त्यो ब्याक्तिकी श्रीमतिलाई पनि प्रहरी कार्यलयमा झिकाइएको उनले बताए । श्रीमतिसगँ भने ती ब्याक्ती कुरा गरेको र मन्जुलाई पनि माइती र आफन्त लिएर आए आफू भित्राउने भन्दा आफू कोहि नल्याउने मन्जुले बताएको रेकर्ड सबैले सुनेको उनको भनाई छ ।

त्यसैले पनि मन्जु अर्कैसगँ बिबाह गरि गएको भन्ने निश्चित भएको स्थानियहरु बताउँछन । मन्जुसगँ भने आफ्नो भाईको पहिले देखि नै त्यति राम्रो सम्बन्ध नरहेको उनले बताए । पहिले देखि नै डिभोर्सको कुरा चलिरहे पनि डिभोर्स भने नभएको उनको भनाई छ । पहिले अर्कै ठाउँमा भाडा बस्दै आएकी मन्जु त्यहा कोठा खाली गराउनु परे पछि आफू बस्दै आएको घरको तल कोठामा मन्जु बस्न थालेको मन्जुका जेठाजुले बताए । मन्जु र उनका जेठाजु एउटै घरको पहिलो र दोश्रो तलामा भाडामा बस्दै आएका थिए ।

एउटै घरमा बस्दै आएता पनि मन्जु आफुहरुसगँ राम्रोसगँ नबोल्ने गरेको उनको भनाई छ । छोरिलाई पनि पिट्ने गरेको आफुले थाहा पाएको उनले बताए । अझ छोरिलाई तँ नभएको भए आफू पहिल्यै अर्कैसगँ हिडिसक्ने थिए भन्दै पिट्ने गरेको आफुले थाहा पाएको उनको भनाई छ । आफ्नो भाईले बिदेशबाट पठाएको पैसा मन्जुले त्यही अहिले बिबाह गरि गएको ब्याक्तिसगँ रक्सी खादै हिड्दै सबै सकेको पनि उनिहरुले मिडियालाई बताएका छन । मन्जुका श्रीमन अहिले बिदेशमै रहेका छन । (भिडियो हेर्नुस)


Last Updated on: December 17th, 2021 at 11:12 am
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया