
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । भारतले पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम खरीद मूल्य पठाएपछि नेपालले पनि सोहि अनुसार मूल्य समायोजन गर्न लागेको हो****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
भारतीय आयल निगमले नेपाललाई हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्दछ । भारतीय आयल निगमले १५ डिसेम्बर अर्थात् मङ्सिर २९ गते नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल निगमले घटाएर नयाँ मूल्यसूची पठाएपछि नेपालमा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको हो ।
निगमले आज नयाँ मूल्यसूची सार्वजनिक गर्ने तयारी गरेको छ । निगम स्रोतले भन्यो ‘भारतबाट घटेको मूल्यसूची आएको छ, शुक्रबार बैठक बसेर नयाँ मूल्य सूची तोक्ने छौ, के मा कति घटाउने भन्ने नै टुंगो लाग्छ, डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटेर ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****
काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।
बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।
सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।
सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।