
दमक/झापाको दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको ह त्यामा संलग्न दोषीलाई प क्रा उ गर्न चौतर्फी द बाब बढेको छ । दमक ६ स्थित एक पसलमा कार्यरत पराजुलीको ह त्यामा संलग्नको पहिचान गरी तत्काल प क्रा उ गर्न द बाब दिदैं पराजुली परिवारले शव बुझन इन्कार गरेका छन ।
मृतक पराजुलीका दाजुनरप्रसाद पराजुलीले निष्कर्ष न्यूजंगको कुराकानीमा भने– हाम्रो अरु कुनै गलत उद्धेश्य छैन , अपराधी पहिचान गरेर प क्रा उ गर्नुपर्छ भन्ने हो । उनले भने– हाम्रो मान्छेको ज्यानको सवाल छ कुनै पनि हालतमा अपराधी प क्रा उ पर्नुपर्छ र हदै सम्मको कारवाही हुनुपर्छ । प्रकाशको शव विर्तामोडस्थित बिएण्डसी अस्पतालमानै रहेको छ ।
गाउँमा दुस्मनी भएको थाहा छैन–बुबा
मृतक पराजुलीका बुबा देवीचरण पराजुलीले बुधबार राती साढे ७ बजेतिर आफनो छोरा मा रिएको खबर सुनेका हुन । म बेलुका घरमै थिएँ घटना यस्तो भयो भनेर त्यहाँ पसलतिरका साथीभाईहरु मलाई लिन जानु भयो । ५४ बर्षिय देवीचरणले भने –पाँच भाई मध्ये काइँलो छोरो हो प्रकाश । गाउँघरमा कसैसंग ननिको थिएन ।
गाउँमा कोही दुश्मन भए जस्तो लाग्दैन यता बजारतिरको कुरो मलाई थाहा भएन । घटना गराउने अपराधी प क्रा उ गरेर आफूहरु माथिको अन्यायलाई कम गर्न परिवारको सुझाव छ ।
प्रकाश २५ बर्षका थिए । उनी अविवाहित हुन । एसएलसी सम्म अध्ययन गरेका प्रकाश गाउँमा सबैसम्म मिलिजुली व्यवहार गर्ने, ठुलालाई आदर र सानालाई माया गर्ने संस्कारी स्वभावका थिए । पसलमा दैनिक काम गर्न आउने जाने गर्थे उनी । आफनो कमाई पकेट खर्च गरेर घर खर्च चलाउन पनि सहयोग गर्थे ।
व्यस्त बजारमा समसाँझै भएको भाईको ह त्यामा संलग्नहरु प क्रा उ नपरे यहाँको सुरक्षालाई नै चुनौती हुने भएका कारण आफूहरुले न्यायका लागि शव नबुझने अडान लिएको नरप्रसादले बताए ।
बुधबार भएको सो ह त्याको घटनाका दोषीलाई प क्रा उ गर्न द बाब दिदैं दमक उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरुको टोली इलाका प्रहरी कार्यालय दमकमा पुगेर द बाब दिएको छ ।
संघका अध्यक्ष गोकुल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, द्धितिय उपाध्यक्ष राजकुमार योङयासहित संघका नेता तथा स्थानीय व्यवसायीहरुको समुहले इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीसंग भेट गरि ध्यानाकर्षण पत्र बुझाएको हो । ज्ञापन पत्रको बोधार्थ इलाका प्रशासन कार्यालय दमक मार्फत प्रमुख जिल्ला अधिकारी समक्ष पनि पठाइएको वरिष्ठ उपाध्यक्ष गुरागाइँले जानकारी दिए ।
घटनाको विरोधमा व्यवसायीहरुले आज सांकेतिक विरोध स्वरुप स्वतस्फूर्त रुपमा बजार बजार बन्द गराएका छन । संघका अध्यक्ष गोकुल श्रेष्ठले सुरक्षाको प्रत्याभुती दिलाउन, घटनाको सुक्ष्म अनुसन्धान गरी अपराधी पत्ता लगाउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराइएको बताए ।
सो ह त्याको बिषयलाई लिएर विभिन्न अडकलबाजीहरु बाहिर आइरहँदा प्रहरीले भने घटनाको सुक्ष्म अनुसन्धान शुरु गरिएको जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की भर्खरै प्रदेश १ को उत्कृष्ट प्रहरीको अवार्ड पाएका सुरक्षा अधिकारी हुन ।
उनले भने– अपराधी उम्किने छैन , हामीले यसलाई सुक्ष्म रुपमा अनुसन्धान थालेका छौं । सिसी क्यामेको फुटेज, घटनास्थलको प्रकृति , मोवाइलको कल डिटेल्स लगायत आवश्यक पर्ने सबै उपायहरु अपनाएर प्रहरीले अनुसन्धान गरिरहेको र छिट्टै यसबारेमा औपचारिक जानकारी गराउने कार्कीले बताए ।
सुरक्षा स्रोतका अनुसार सो घटनाको रहस्य पत्ता लगाइसकेपछि घटनामा संलग्न अपराधी पहिचान गर्न सहज हुनेछ । घटना हुन सक्ने सम्भावित कारणहरुको खोजी तथा अनुसन्धानलाई प्रहरीले प्राथमिकतामा राखेर अघि बढेको छ । प्रहरीले केही आवश्यक पात्रहरुसंग सोधपुछ शुरु गरिसकेको छ ।