बिहिबार २५ जेठ २०८०

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

हो त्यस्तै नै भयो आजको यश शृङ्खलामा हामी ती बेहुलिले आफ्नो बिवाहमा आफ्नो बेहुलालाई जुठो खुवाउने एक हिन्दुको परम्परा रहदै आएको र सोही क्रममा बेहुलिले जुठो खुवाएर आफ्नो बेहुलालाई गालामा सामान्य मायाले कु टेको भिडियो अहिले टिकटकमा एकदमै भाइरल छ । उनिहरु बिच प्रेम बिवाह भएको र एकअर्कामा अथाहा प्रेम रहेको उक्त भिडियोले पुष्टि गरेको छ ।सो सबै रमाइलोको लागि गरिएको सामान्य प्रेमिल जोडिको मजाक मात्रै भएपनि उक्त भिडियोलाई लिएर सामाजिक संजालमा कसैले आलोचना त कसैले प्रशंसा गरेको पाइयो ।


Last Updated on: December 17th, 2021 at 3:22 pm
२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया