सोमबार ११ साउन २०७८

काठमाडौं । कोरोनाको दोस्रो लहरले आक्रान्त बनाइरहेका बेला संक्रमितलाई अक्सिजन जुटाउन सहयोग पुगोस् भन्दै अभिनेता नाजिर हुसेनले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई उनले मंगलबार एक लाख रुपैयाँ सहयोग दिएका हुन् । अक्सिजनको अभाव हुँदै गएपछि केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ । नाजिरले नेपाली दाजुभाई दिदीबहिनीको जीवनरक्षाका लागि सहयोग गरेको बताए ।

उनले भने,कोरोना कहरमा नेपाली दाजुभाई दिदीबहिनीको जीवन रक्षाका लागि उहाँहरु फिल्डमै खटिरहनुभएको छ । त्यसले मलाई निकै छोइरहेको थियो ।सौर्य दैनिकमा खबर छ । स्वास्थ्य अवस्थाका कारण म आफू फिल्डमा गएर सहयोग गर्ने परिस्थिति पनि छैन । त्यसैले मैले मेरो तर्फबाट जसरी सहयोग गर्न सक्थेँ, जति सक्थेँ मनदेखि त्यो सहयोग गरेको छु ।

अभिनेता नाजिरले आफ्नो सहयोगले कसैको जीवन बचाउन मद्दत मिल्ने अपेक्षा लिएको सुनाए । उनले भने, ‘अहिलेको यस विषम परिस्थितिमा हामी सबैले आफ्नो तर्फबाट सकेको सहयोग गर्दछ ।’ उनले सहयोग आर्थिक मात्रै नभई अन्य तरिकाले समेत गर्न उनले अपिल गरेका छन् ।


Last Updated on: May 21st, 2021 at 10:24 am
३१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया