आइतबार २१ जेठ २०८०

भरतपुर २ पुस । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठ क्करबाट एक बच्चाको मृ त्यु भएको छ । भरतपुरबाट पूर्वतर्फ बालुवा बोकेर जाँदै गरेको बागमती प्रदेश ३–००१ ख १३०६ नम्बरको ट्रकले भरतपुर–१२ की अन्दाजी दुई वर्षीय दिपिका जोशीलाई ठ क्कर दिँदा उनको घटनास्थलमा नै मृ त्यु भएको हो ।

बच्चाको मृत्युपछि स्थानीयले ट्रकमा आ ग ज नी गर्नुका साथै ट्रकका चालकलाई कु ट पि ट गरेका थिए । ट्रकमा लगाइएको आ गो दमकलको सहायताले निभाइएको हो । आ गो निभाउन गएको दमकललाई समेत स्थानीयले अ वरोध गरेपछि केहिबेर राजमार्ग अ वरुद्ध बनेको थियो । ट्रक र ट्रक चालक भरतपुर–२९ का मिनबहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।

बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।

सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।

सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।

२१ वर्ष पछि आएर बेलायती रक्षा मन्त्रालयले भारतीय सेनाका भूत पूर्व गोर्खा सैनिकलाई दिइएको भन्दा १४० प्रतिशत मात्रै बढी पेन्सन दिन सकिने बताएको हो । लामो समयदेखि आन्दोलनमा रहेका भूपू गोर्खाहरुको माग सम्बोधन गर्न बेलायती रक्षा मन्त्रालयले पेन्सन बढाउने योजना सार्वजनिक गरेको हो ।


Last Updated on: December 18th, 2021 at 10:33 am
२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया