
झापामा गर्लफ्रेन्डको निहुँमा वि वा द हुँदा साथीको ह त्या भएको छ । दमक बजारमा बुधबार बेलुकी–७ बजेतिर दमक नगरपालिका–२ का २५ वर्षीय प्रकाश पराजुलीको ह त्या भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार पराजुली दमक–६ नमुना मार्गस्थित घिमिरे मार्केटमा दमक–८ का सन्तोष पौडेलले सञ्चालन गरेको रक्षा फेन्सी पसलमा सेल्समेनको रूपमा काम गर्थे ।
बुधबार साँझ ७ः१५ बजे सोही मार्केटको भवनभित्र रहेको धाराबाट बोतलमा पानी भरे पसलतर्फ फर्कने क्रममा उनीमाथि आ क्र म ण भएको थियो । घाँटी तथा अनुहारको भागमा धा रि लो ह ति यार दा उले का टे र रक्ताम्मे हुनेगरी आ क्र म ण भएपछि उनी बेहोस भएका थिए ।
बेहोस भइ भुइँमा लडिरहेको अवस्थामा पसलधनी पौडेलले देखेपछि उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक पुर्याइएको थियो । त्यहाँ हुन नसकेपछि थप उपचारका लागि पराजुलीलाई बिएन्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो ।
बिएन्डससीमा उपचाररत उनको मृ त्यु भएपछि अनुसन्धान गरिरहेको प्रहरीले दमक–१ का २० वर्षीय अर्जुन लिम्बुलाई बिहीबार प क्रा उ गरिएको डिएसपी कार्कीले जनाए । अनुसन्धानका क्रममा पराजुली र लिम्बू साथी–साथी हुन् ।
गलफ्रेन्डको निहुँमा उनीहरूबीच वि वा द भएको र सोही झोँकमा धा रि लो ह ति यार प्रयोग गरी पराजुलीको ह त्या गरेको प्रहरीले जनाएको छ । को गर्लफ्रेन्डको निकट भन्ने विषय वि वा द हुँदा दुई जनाबीचि दुई–तीन महिनाअगाडि झगडासमेत भएको पाइएको डिएसपी कार्कीले जनाए ।
त्यसबेला पराजुलीले लिम्बुलाई कु ट पि ट गरेका थिए । जसबाट लिम्बुको टाउकोको भागमा चो टसमेत लागेको थियो । सोही घटनाको रिसिइबी राखेरर ब दलाको भावना लिई घटना घटाएको भनी प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए ।
घटनामा प्रयोग भएका सामानहरू लिम्बुले आफ्नो हो भनी सनाखत गरी उक्त घटना आफूले घटाएको साबित भएको उनको भनाइ छ । उनलाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरेको प्रहरीले जनाएको छ ।