
अहिले नेपालको सरकारी बिधालय भन्ने बित्तिकै धेरैको दिमागमा फा’ल्टै सोच आउने गर्दछ । त्यहाको ब्यावस्थापन, पढाईको गुणस्तर, शिक्षकहरुको लापर्बाही इत्यादी कुराहरु । प्राय जसो सरकारी बिधालय यस्ता कुराहरु देख्न पनि पाइन्छ । नेपाल सरकारले सबैभन्दा धेरै बजेट शिक्षा मै खर्च पनि गरेको छ । तर त्यो अनुसारको शैक्षिक गुणस्तर भने देख्न पाइदैन । सम्बन्धित निकाय पनि यस बारेमा जानकार नभएको भने होइन । तर उनिहरु एक अर्कालाई दोष लाउन मै ब्यस्त छ्न ।
केही दिन अघि हेटौंडाको ८ नम्बर वार्डमा रहेको श्री इन्द्रायणी माध्यमिक बिधालयको अवस्था बाहिर आएको थियो । उक्त बिधालयमा पुग्दा त्यहाको अवस्था एकदमै नाजुक थियो । स्कुलमा पिउने पानीको कुनै ब्यावस्था थिएन । धारा रहेता पनि पानी आउन छोडेको वर्षौ भै सक्यो । शौचालयको हालत भने हेरि नसक्नु थियो । शौचालयमा पानी नहुदा त्यहाँ शौच गर्ने अवस्था नै थिए । त्यहाँका स्थानियहरुले बिदाको दिन पनि बिद्यालय खोल्ने गरेको बताएका थिए ।
कक्षा ९/१० का बिद्यार्थीहरु शैक्षिक भ्रमणमा जादा उनिहरुसगैँ सबै शिक्षकहरु पनि गएको र कक्षा १ देखि ८ कक्षाका बिद्यार्थीलाई भने त्यो समय छुट्टी दिइएको बुझिएको छ । त्यही छुट्टी दिइएको पढाइ पूरा गर्न बिदाको दिन पनि स्कुल खुलाईएको ब्यावस्थापन समितिका अध्यक्ष सुमन कार्किले बताए । स्कुलमा जताततै फोहोर देखिन्थ्यो । त्यस बारेमा बुझ्दा बिगत ५ वर्ष देखि ब्यावस्थापनको जिम्मेवारि लिएका कार्किले आफुले पटक पटक स्कुलका पियनलाई भन्दा पनि नटेरेको बताए ।
पियनका छोराले आफ्नो बाबुलाई काम सिकाउनु पर्ने भन्दै अध्यक्ष कार्किले बताए पछि स्थिति केही बेर तबाव ग्रस्त बनेको थियो । स्थानियहरुका अनुसार ब्यावस्थापनले आफुखुशी निर्णय गर्ने गरेको बताएका छन । साथै शिक्षकहरु पनि कहिल्यै समयमा स्कुल नआउने गरेको स्थानिय अभिभावकहरुले बताएका छन । समग्र बिधालयको अवस्था हेर्दा त्यहा बिद्यार्थीहरुले पढ्ने वातावरण देखिदैन । जताततै फोहोर देखिन्थ्यो । ब्यावस्थापन अध्यक्षको जवाफ पनि त्यसमा गैर जिम्मेवार देखिएको थियो ।
स्थानियहरुका अनुसार अध्यक्षले आफ्नी श्रीमतिलाई स्कुलमा कुनै प्रतिस्पर्धा बिना नै जागिर खुवाएको बताए पछि उनिहरुबिच बिबाद बढेको थियो । त्यसै क्रममा अध्यक्षकि श्रीमती जि सोही स्कुलकी शिक्षिका हुन उनले पत्रकारले बिबाद बढाउने काम गरेको भन्दै भिडियो नखिच्न भनी क्यामेरामा हातपातको प्रयास गरेकी थिइन । स्कुलमा थुप्रै राजनीतिकरण भएको स्थानीय अभिभावकहरुले बताउँदै आएका छन । बिद्यालयको शैक्षिक स्तरको सट्टा सबैले पदको लागि राजनीति गर्दा अहि बिधालयको स्थर खस्किदै गएको छ ।(भिडियो हेर्नुस)