
कुमार कट्टेल एक सक्रिय नेपाली हास्य कलाकार हुन्, जसले हास्यव्यंग्य टेलिशृंखला ‘सक्किगो नि’को निर्देशन, लेखन र अभिनय पनि गर्छन् । खासगरी जिग्री नामक चरित्रको अभिनयका कारण उनी चर्चित छन् । ‘जेपीटी क्रिएसन’ का संस्थापक उनले २ वर्षभन्दा बढी समय अर्को हास्यव्यंग्य टेलिशृंखला ‘भद्रगोल’मा काम गरेका थिए ।
पछि गएर उनले प्रायः अभिनयको समयमा प्रयोग गर्ने थेगोको नाममा सक्किगो नि नामक टेलिसिरियल बनाएर त्यसैमा अभिनय गर्न थालेका थिए । उनी सीताराम कट्टेल (धुर्मुस) का भाइ पनि हुन् । उनी सामाजिक कार्यमा सक्रिय छन् ।
सिताराम कट्टेल नेपालका हाँस्य कलाकार हुन्। कट्टेल सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडा नं. ७ मा जन्मिएका हुन् । पछि बसाइँ सर्ने क्रममा झापा आई बसोबास गरेका सिताराम कट्टेललाई धुर्मुसको नामले चिनिन्छ। उनी मेरी बास्सै नामक टेलिशृंखलाबाट लोकप्रिय बनेका हुन्।
ठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।
बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।
सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।
सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।