
२ पुस, काठमाडौं । सरकारले यही पुस ४ गते सार्वजनिक विदा दिएको छ ।
उधौली र योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा लागू हुने गरी बिदा दिइएको जनाएको छ ।
सरकारले यही पुस ४ गते सार्वजनिक विदा दिएको छ । उधौली र योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।
बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।
सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।
सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।