बुधबार १७ जेठ २०८०

विदेशमा काम गरी कमाइ गर्ने सपना देखेर इराक पुगेका दुईजना नेपालीहरुको बाढीमा परी मृ’त्यु भएको छ ।

कामका लागि इराक आएका नेपालको दोलखा जिल्ला विगु गाउका पाल्देन शेर्पा र मोरङ्ग जिल्लाको लेटाङ्ग ४ का औराज राईको डिसेम्बर १७ तारिक शुक्रबार विहान मृ’त्यु भएको हो ।

बैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इराकको कुर्दिस्तानमा यी दुबै नेपालीहरु आइपुगेको केही समयमात्र भएको थियो ।

समाचारअनुसार, मोरङ्गका राई केही महिनाअघिमात्र इराक पुगेका थिए भने दोलखाका पाल्देन शेर्पा एकसाता अघिमात्र इराक पुगेका थिए ।

उनीहरु दुबैजना सवार सवारी साधनलाई बाढीले ब’गाउंदा सोही सवारी साधनभित्र परी नि’धन भएको हो ।

उनीहरु इराकको कुर्दिस्तानस्थित अर्विलमा कार्यरत थिए । उनीहरु कार्यरत कम्पनीका कामदारहरुले उनीहरुको श’व व्यबस्थापन र क्षतिपूर्तिका लागि आवाज उठाएका छन् ।

कामदारहरुले शुक्रबारको एकदिन कामसमेत ठ’प्प पारेका छन् । त्यसपछि कम्पनीले श’व व्यवस्थापन र क्षतिपूर्ति दिने आश्वासन दिएको बताइएको छ ।

इराकको कुर्दिस्तानमा अहिले अविरल बर्षा भइरहेको र बाढीले जताततै क्ष’ति पुर्याएको छ ।

काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।

बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।

सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।

सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।


Last Updated on: December 18th, 2021 at 3:24 pm
३६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया