
बेनी। निर्माणधिन पक्की पुलबाट खसेर एक मजदुरको मृत्यु भएको छ।
जिल्लाको मालिका गाउँपालिका -७ बिम र धौलागिरी गाउँपालिका -६ मराङ जोड्ने निर्माणधिन पुलबाट खसेर रोल्पा सुनछरी गाउँपालिका -७ जेलबाङ बस्ने अन्दाजी १८ वर्षीय युवकको मृत्यु भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।
पौडेलका अनुसार उक्त पुलमा लेबरको काम गर्दै आएका उनी पुलबाट अन्दाजी २० मिटर तल खसेर घाइते भएकोमा तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ पठाइएकोमा उपचारका क्रममा ज्यान गएको हो।
घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका विषयमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।
काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।
बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।
सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।
सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।