
धरानः सोलुखुम्बु लिखुपिके गाउँपालिका–५ टुमालमा टिपर दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खस्दा चालकको ज्यान गएको हो ।
एमडी दुगड हाइड्रो पावर हाउसको हेड अफिस किञ्जाबाट मार्बु पावर हाउसतर्फ जाँदै गरेको ना७ख ४५६४ नम्बरको महेन्द्राको हाइवा टिपर अचानक सडकबाट करिब २०० मिटर तल लिखु खोलामा खस्न पुगेको थियो ।
टिपरमा सवार चालक मात्र रहेको जनाइएको छ । दुर्घटनामा चालक हेटौडा नगरपालिकाका जीतबहादुर थिङको मृत्यु भएको हो । दुर्घटना बिहीबार भएको थियो भने शुक्रबार मात्रै उनको शव भेटिएको थियो ।
उनको शव सडकबाट अन्दाजी ७ सय मिटर तल खोलाको किनारमा भेटिएको प्रहरीले जनाएको छ ।[][]
काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।
बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।
सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।
सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।