बुधबार २४ जेठ २०८०

बुटवलमा ९ वर्षीय बालकले चर्चभित्रै झु,ण्डिएर आ,त्म,ह,त्या गरेका छन् । शनिबार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित् एक चर्चमा आरएस खड्गी झु,ण्डिएको अवस्थामा भेटिएका हुन् ।

झु,न्डिएका बालकलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । तर उनको मृ,त्यु भइसकेपछि मात्र प्रहरीलाई खबर पुगेको प्रहरीले जनाएको छ । घटना र,ह,स्यमय भएको भन्दै स्थानियले छा,नविनको माग गरेका छन् ।

काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।

बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।

सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।

सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।

२१ वर्ष पछि आएर बेलायती रक्षा मन्त्रालयले भारतीय सेनाका भूत पूर्व गोर्खा सैनिकलाई दिइएको भन्दा १४० प्रतिशत मात्रै बढी पेन्सन दिन सकिने बताएको हो । लामो समयदेखि आन्दोलनमा रहेका भूपू गोर्खाहरुको माग सम्बोधन गर्न बेलायती रक्षा मन्त्रालयले पेन्सन बढाउने योजना सार्वजनिक गरेको हो ।

परराष्ट्रलाई पठायो जानकारी : बेलायती रक्षा मन्त्रालयले लन्डनस्थित नेपाली दूतावासमार्फत् परराष्ट्र मन्त्रालयमा यससम्बन्धी जानकारी पठाएको छ । मन्त्रायका एक अधिकारीले बेलायतको उक्त निणर्यबारे जानकारी आएको बताए । ‘बेलायतले सार्वजनिक गरेको विवरण प्राप्त भएको छ । यसबारे अध्ययन गर्दैछौं’ उनले भने । ती अधिकारीका अनुसार नेपाल सरकारको आधिकारिक धारणा बेलायती सेनामा काम गरेका पूर्व बेलायती नागरिक सरह नै पेन्सन पाउनु पर्छ भन्ने नै हो ।

बेलायती रक्षा मन्त्रालयले सन् २०२० मा भूतपूर्व गोर्खाहरु सँग पेन्सन लगायत विषयमा राय मागेको थियो । सातौं केन्द्रीय पेन्सन योजना कार्यान्वयन गर्ने उद्देश्यले सुझाव मागिएको थियो । सन् २०२० डिसेम्बर पछि बेलायती रक्षा मन्त्रालयले १२ हप्ता सम्म राय सुझाव लिएको थियो । जसमा २९ सुझाव पेस भएका थिए । बेलायती रक्षा मन्त्रालयलाई दिइएका सबैजसो सुझावमा भारतीय सेनामा काम गरेका गोर्खा सैनिकले पाउने गरेको पेन्सन भन्दा २०० प्रतिशत बढी बेलायती सेनामा काम गरेका गोर्खा सैनिक लाई दिन उचित हुने सुझाइएको थियो ।

लन्डनमा रहेका भूपू गोर्खा सैनिकका संगठनले चाहिँ राय परामर्श कार्यक्रम बेवास्ता गरे । बेलायती रक्षा मन्त्रालयले अनलाइन बैठक, इमेल तथा हुलाक बाट राय लिएको थियो । बेलायती रक्षा मन्त्रालयले एक वर्षअघि आएका राय सुझावमा आफ्नो असहमति रहेको बताएको छ । उसले आफूले अघि सारेको प्रस्ताव (भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकले पाउने भन्दा १४० प्रतिशत बढी पेन्सन दिने) नै ठिक रहेको बताएको हो ।

 


Last Updated on: December 19th, 2021 at 2:13 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया