बिहिबार ११ आश्विन २०८०

काभ्रेपालाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर ९ हाल गोठपानी कालीमाटीमा बस्दै आएका एक महिलाको श्रीमान र ससुरा मिलेर ह’ ‘त्या गरेको खुलासा भएको छ । जेठ २ राती तनहुँको बन्दीपृर नगरपालिका ४ लोही माईतिर घर भएका काभ्रेपालाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर ९ हाल गोठपानी कालीमाटी बस्दै आएकी २२ वर्षकी सुमिना गुरुङको उनकै श्रीमान सोनाम लामाले ह’ ‘त्या गरेर गाडेकाे अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो ।

मृतकका श्रीमानले आफैले श्रीमतीको ह’ ‘त्या गरेको अनुसन्धानका क्रममा बताएपछि मृतकका श्रीमान २८ वर्षका लामा र मृतकका ससुरा चन्द्रबज्र लामालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न २ जना माथी नै कर्तव्य ज्यान मुद्दा शिर्षकमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मृतक गुरुङ गाउँबाट एकाएक हराएपछि स्थानीयले खोजतालस गर्ने क्रममा उनका श्रीमानले यस्तो गरेर आफ्नै मकै बारीमा खा ल्डो ख नेर गा डेको अवस्थामा शव भेटिएको हो । यस्तो घटना घटाएको कुरा कोही कसैलाई नभनेर हराएको भनी गाउँमा हल्ला फैलिएपछि माईती पक्षले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा घट्नास्थलमा अनुसन्धान गर्दा उनका श्रीमान लामाले सोधपुछका क्रममा श्रीमतीको ह त्या ग रेर श व खा ल्डो ख नेर गा डेको भनेर आफैले बताएका थिए । उनले बताए अनुसार नै मकै बारीमा स्थानीय र प्रहरी समेतले खोतली उत्खनन गर्दा मृतक गुरुङको शव खा ल्डो ख नी गा डि एको अवस्थामा भेटिएको हो । मृतक गुरुङ र पक्राउ परेका उनका श्रीमान लामाविच २०७६ सालमा प्रेम विवाह भएको थियो । श्रोत नेपाल प्रेस


Last Updated on: May 21st, 2021 at 10:45 am
५९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया