बुधबार १७ जेठ २०८०

सल्यानकाे बागचाैरमा एक महिना अघि शिक्षकबाट ब ला त्कृत भनेर प्रहरीमा जाहेरी दिएकी १४ वर्षीया बालिका (जन्मदर्ताका आधारमा) सपना (परिवर्तित नाम) अहिले सम्पर्क बिहिन भएकी छन् । गएकाे साउन ८ गते सपनाले आफ्नै शिक्षकले आफुलाइ बला’त्कार गरेकाे भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सपनाले आफुमाथी ब ला’त्कार भएकाे प्रहरीमा जाहेरी दिएपछि साउन १० गते सपनाकाे घरमा पुगेर लेकाली अनलाइनले प्रत्यक्ष कुराकानी गरेकाे थियाे । करिब आधा घण्टाकाे कुराकानीमा सपनाले घटनाकाे बारेमा सबै बताएकी छन् ।

कसरी भएकाे थियाे घटना? पी’डित सपना (परिवर्तित नाम) बागचाैर नगरपालिका २ निवासी हुन् भने शिक्षक रामचन्द्र केसी पनि साेहि वडा बासी हुन् । केसीले बागचाैरमै ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुल संचालन गरिरहेका थिए र उनि बाेर्डिङका एमडी हुन् भने सपनाले साेहि स्कुलमा कक्षा ८ मा अध्ययन गर्थिन् ।

सपनाकाे पहिले अर्का एक केटासँग प्रेम थियाे । त्याे प्रेम घर परिवारले थाहा पाएपछि पछि उक्त केटा सँगकाे प्रेम वि’छेद भयाे । सपनाका बुबा बिदेशमा थिए । छाेरीकाे अर्का केटा सँग प्रेम भएकाे उनले थाहा पाएपछि रामचन्द्रलाइ आफ्नी छाेरीलाइ सम्झाइदिन र राम्राे सँग पढाइदिन उनले आग्रह गरेका थिए ।

त्यहि कारणले सुरु सुरुमा रामचन्द्रले आफ्नै छाेरी जस्तै ठानेर सपनालाइ सम्झाउने र पढाउने गर्थे । तर पछि शिक्षकले पनि सपनामाथी कु’दृष्टिले हेर्न सुरु गरे ।

याै न प्रस्तावकाे सुरु कहाँबाट भयाे? २०७६ मंसिरमा विद्यालयबाट शिक्षक, शिक्षिका र विद्यार्थी किबी खेतिकाे अवलाेकन गर्ने गाडी रिजर्भ गरेर राेल्पा गए । राेल्पाबाट फर्किने बेला अध्याराे भैसकेकाे थियाे । गाडीमा शिक्षक केसी अगाडीकाे क्याविन सिट छाेडेर बिचकाे सिटमा बसेकी सपनाकाे सिटमा आएर बसे ।

सपना सँग बसेपछि उनले गाडीकाे बत्ति समेत बन्द गरे । त्यसपछि सपनाकाे श’रिरमा हात लिएर छुन थाले । सपनाले असहज मान्दै शिक्षकलाइ ह ल्ला गरिदिन्छु थालेपछि उनिले केहि गरेनन् ।

‘बाइकमा सर र म सँगै गयाैं । बाटाेमा सरले एउटा हातले हेन्डिल समाउनु हुन्थ्याे, अर्काे हातले पछाडी मेराे घुँडा समाउनु हुन्थ्याे । त्यसपछि २०७६ पुस २४ गते श्रीनगरमा प्यवसन सल्यानकाे वार्षिकत्वस कार्यक्रम थियाे। कार्यक्रममा सबै विद्यार्थीहरुलाइ लिनकाे लागि ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलले एउटा गाडी रिजर्भ गर्याे । कार्यक्रममा सपनाले नृत्य पनि देखाउने तालिका थियाे ।

गाडीमा सबै शिक्षक, शिक्षिका र विद्यार्थीहरु गए तर रामचन्द्र केसीले सपनालाइ आफुले बाइकमा लिने भन्दै गाडीमा जान दिएनन् । गाडी अगाडी गयाे । सपना र रामचन्द्र पछाडी बाइकमा गए ।

सपना भन्छिन्, ‘बाइकमा सर र म सँगै गयाैं । बाटाेमा सरले एउटा हातले हेन्डिल समाउनु हुन्थ्याे, अर्काे हातले पछाडी मेराे घुँडा समाउनु हुन्थ्याे । मैले सर यस्ताे किन गर्नुहुन्छ भनेर साेध्दा उहाँले बाइक यसरी नै चलाउछन् भनेर जवाफ दिनुभयाे । अनि मैले पनि यस्तै हाेला त भनेर केहि भनिन् ।’

श्रीनगरमा पुगेपछि सपनाले कार्यक्रममा नृत्य पनि देखाइन् । साँझ कार्यक्रम सकिएपछि रामचन्द्रले रिजर्भ गरेकाे गाडीलाइ अगाडी जान भने तर आफ्नाे बाइक बि ग्रिएकाे भन्दै मर्मत गर्न तिर लागे । बाइक मर्मत गर्दा र अन्य व्यक्तिहरु सँग गफगाफ गर्दा गर्दै श्रीनगरबाट साँझ ७ बजे सपना र रामचन्द्र बागचाैर तर्फ हिडे ।

सपना भन्छिन् ‘श्रीनगरबाट हिड्दा रात परिसकेकाे थियाे । चाख्लिघाट नजिकैकाे जंगलमा आउँदा सरले बाइक राेक्नु भयाे । अनि माथी डाँडातिर जाउँ भन्दै मलाइ बाइकबाट झर्न आग्रह गर्नु भयाे । तर म बाइकबाट झर्न मानिन् ।

त्यतिकैमा उता रिजर्भ गाडीमा हुनुभएकाे सरहरुले रामचन्द्र सरलाइ किन ढिला गरेकाे भन्दै फाेन गर्नु भयाे । जवाफमा रामचन्द्र सरले मेराे बाटाेमा बाइक बि ग्रेकाे छ भन्नु भयाे । त्यसाेभए हामी गाडी लिएर आम भन्दै सरहरुले प्रश्न गर्नुभयाे । पर्दैन एकैछिनमा बाइक बन्छ । हामी आइहाल्छाैं, तपाइहरु जाँदै गर्नुहाेस भनेर रामचन्द्र सरले जवाफ दिनु भयाे।’

चाख्लिघाटकाे जंगलमा सपनाले बाइकबाटै ओर्लिन नमानेपछि रामचन्द्र त्यहाँ धेरै क’रकाप नगरेर अगाडी बढे । कालाखेत र थारमारेकाे बीचमा पर्ने स्याउली बजार नजिकैकाे जंगलमा आइसकेपछि फेरि रामचन्द्रले बाइक राेकेर जंगलमा जाउँ भन्दै सपनालाइ ब’लजफ्ती गर्न थाले । त्यहाँ पनि सपनाले नमानेपछि उनिहरु बागचाैर पुगेर आ-आफ्नाे घर तिर गए ।

‘म माथी त्यस्ताे कार्य गरेपछि म राे’ए । सरले याे कुरा बाहिर भनेपछि तिम्राे नै बे’इज्जत हुन्छ भन्नुभयाे । मैले पनि त्यहि ठानेर कसैलाइ पनि भनिन् ।’

याे घट’ना घटेकाे केहिदिन पछि बिहान एक्कासी सपनालाइ रामचन्द्रले स्कुलमा ट्युसन छ पढ्न आउनुपर्याे भन्दै फाेन गरे । सपना भन्छिन्, ‘सरले फाेन गरिसकेपछि म पढ्न भन्दै स्कुल गए, तर त्यहाँ काेहि पनि रहेन्छन् ।

अनि भित्र अफिसमा जाँदा रामचन्द्र सर मात्रै एक्लै हुनुहुदाे रहेछन् । म भित्र जान बित्तिकै सरले अफिसकाे ढाेका बन्द गर्नु भयाे । किन यस्ताे गर्नुहुन्छ सर भन्दै म ठुलाे स्वरमा बाेल्न थाल्दा सरले ठुलाे स्वरमा नबाेल भनेर ह’प्काउन थाल्नुभयाे । त्यसपछि मलाइ ज’वरजस्ती गर्नुभयाे ।’

ज’वरजस्ती गरिसकेपछि सपनालाइ याे कुरा बाहिर कसैलाइ पनि नभन्न रामचन्द्रले ड’र देखाए । ‘म माथी त्यस्ताे कार्य गरेपछि म राे’ए । सरले याे कुरा बाहिर भनेपछि तिम्राे नै बे’इज्जत हुन्छ भन्नुभयाे । मैले पनि त्यहि ठानेर कसैलाइ पनि भनिन् ।’

विस्तारै रामचन्द्रले सपनालाइ माया देखाउन थाले र सपना पनि रामचन्द्र प्रति आकर्षित भइन् । त्यसपछि उनिहरुकाे सधै नै याै न कृयाकलाप हुने गर्याे । रामचन्द्रले घरकी श्रीमती राम्राे नलाग्ने र घरकाे श्रीमतीलाइ छाेडेर सपनाकाे उमेर पुगेपछि सपनालाइ नै बिहे गर्ने आश्वासन दिए । र सपना पनि त्यहि कुरामा ढुक्क भएर सधै रामचन्द्रकाे सम्पर्कमा हुन भेट्न र घुम्न जान थालिन् ।

कसरी बाहिरियाे ब ला’त्कारकाे कुरा? पछिल्लाे पटक काेराेनाकाे कारण भएकाे लकडाउनमा रामचन्द्र र सपनाकाे खासै भेट हुन सकेन् । तर उनिहरु बीच पहिले देखिनै शा रिरिक स म्बन्ध भएकाे थियाे । त्यहि कारण सपनाकाे पेटमा दुइ महिनाकाे बच्चा बसिसकेछ । त्यसपछि दुवैमा त नाव श्रृजना उत्पन्न भयाे ।

‘म सरलाइ धेरै माया गर्थाे । यदि सरले मलाइ बिहे गरेकाे भए म मु’द्दा दर्ता गर्ने थिइन् । सरले मलाइ बिहे गर्दिन भनेपछि मात्रै मैले उ’जुरी दिएकी हुँ ।’

याे कुरामा के गर्ने भन्नेबारे दुवैमा कुराकानी भयाे । अन्तिम निष्कर्षमा सपनाले औ षधि खाएर बच्चा फाल्ने सहमती भयाे । असारकाे अन्तिम साता तिर रामचन्द्रले औ षधि ल्याएर बागचाैर बजारकाे सडकमा सुटुक्क सपनाकाे हातमा दिए । औष धि कसरी खाने भन्ने बारेमा रामचन्द्रले सबै कुरा सपनालाइ फेसबुककाे म्यासेन्जरमा बताए ।

सपनाले पनि आफ्नाे स्वस्थ्यमा भैरहेकाे प्रत्येक समस्या रामचन्द्रलाइ बताइन् । केहिदिन सपनाले औ षधि पनि खाइन् । सपनाले सधै एकान्तमा च्याट गर्ने कुरा घरमा थाहा पाइसकेपछि सपनाकी दिदि र भाइले उनलाइ नि’गरानी गरेका थिए ।

साउनकाे पहिलाे साता सपनाकाे भाइले सपनाकाे फेसबुककाे पासवर्ड च्यान्ज गरेर आफ्नाे माेबाइलमा फेसबुक खाेल्याे । दिदिभाइले उनकाे फेसबुकमा सबैका म्यासेज हेर्ने क्रममा रामचन्द्रकाे म्यासेज पनि हेर्न भ्याए।

म्यासेजमा सपनाकाे र रामचन्द्रकाे कुराकानी देख्दा उनिहरु एकाएक रुखबाट ख सेजस्ताे भए । स्कुलमा पढाउने गुरुले नै यस्ताे कार्य गरेकाे देखेपछि घरमा आमा र बिदेशमा रहेका बुबालाइ समेत उनिहरुले खबर गरे । त्यसपछि सपनाले पनि आफु र रामचन्द्रकाे सम्बन्धबारे भएकाे सबै साँचाे कुरा खाेलिन् ।

बिहे गरेकाे भए घ’टना प्रहरीमा जाने थिएन? सपना र रामचन्द्रकाे सम्बन्धकाे बारेमा घरमा सबैलाइ थाहा भएपछि याे खबर सुरुमा रामचन्द्र कहाँ पनि पुग्याे । सुरुमा रामचन्द्रले आफुले केहि नगरेकाे याे सब आफ्नाे फेसबुक आइडी कसैले ह्या क गरेर लेखेकाे बताए ।

तर पछि उनले घ’टना स्वीकार गरेर सपनालाइ बिहे गर्ने बताए । सपनालाइ बिहे गरेर काठमाडाैं लिने र आफ्नाे सम्पर्कमा आउन भने । सपनाले रामचन्द्र सँग जान

तयारी गरेकाे बेला रामचन्द्र सम्पर्क बिहिन बने । त्यस्तै गर्दै एक दुइदिन सम्म समय बित्याे । पछि रामचन्द्रले कुरा फेर्दै भने, ‘म तलाइ बिहे गर्दिन, तँ जे गर्छेस गर ।’ त्यसपछि सपनाले परिवारकाे सहयाेगमा प्रहरीमा गएर जा’हेरी दिएकाे बताइन् ।

सपना भन्छिन्, ‘म सरलाइ धेरै माया गर्थाे । यदि सरले मलाइ बिहे गरेकाे भए म मु’द्दा दर्ता गर्ने थिइन् । सरले मलाइ बिहे गर्दिन भनेपछि मात्रै मैले उ’जुरी दिएकी हुँ। हाम्राे सम्बन्धकाे बारेमा घर परिवारले थाहा नपाएकाे भए सायद हाम्राे सम्बन्ध लामाे समयसम्म भैरहन्थ्याे हाेला ।’ खकेन्द्र केसी ले तयार पार्नुभएको सामाग्री हामीले लेकाली अनलाईनबाट लिएका हौ।

यो पनि पढाैँ- किशोरीको उद्धार, आ-रोपित पक्राउ हाल उनलाइ प्रहरीले उद्धार गरेको छ। ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटक पटक बला-त्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

पी डित किशोरीसँगै उनका श्रीमान र एकजना दाजु समेत सदरमुकाम पुगेका छन्। सोमबार सिगास पुगेको प्रहरीले मंगलबार किशोरीको उद्धार गरेर सदरमुकाम पुर्‍याएको हो।

उनले बिहे गरेको ६ महिनामै बच्चा जन्माएपछि उनीमाथि ब लात्कार भएको घट ना बाहिर आएको हो। यो घ टना पहिलाकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरि बाहिर आएको किशोरीका आफन्तले जनाए।

पी डित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। उनले भने ‘हामीले किशोरीलाई उद्धार गरेर ल्याएका छौं। यो घटनाको सुक्ष्म रुपमा अध्ययन गरेर अघि बढ्छौं।’

किशोरीलाई शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक ब ल त्कार गरेको आरोप लागेको छ।

आ रोपित मध्ये खडक र रामसिंह बोहरालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिए। आरो पित अर्का एकजनाको खोजी भईरहेको उनले बताए। किशोरीलाई ललाईफकाई गरेर कर णी भएको भएपनि कानुन अनुसार कारवाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।

 


Last Updated on: December 20th, 2021 at 11:27 am
४३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया