
काठमाडौं । नेपालमै ६० लाख खर्च गरेर सुंगुरको मूर्ति निर्माण गरिएको छ ।
हालसालै उदयपुरको बेलका नगरपालिकाले सुंगुरको मूर्ति निर्माण गरेको हो ।त्यहाँको बेलका नगरपालिका–७ मैनामैनी मूलगाउँमा उक्त मुर्ति बनाइएको छ ।
उक्त सुंगुरको मूर्तिको उचाइ १२ फिट छ भने लम्बाई १६ फिट रहेको छ ।नगरपालिका प्रमुख दुर्गाकुमार थापाका अनुसार त्यसको लागत ६० लाख रुपैयाँ रहेको छ ।उहाँका अनुसार सो मूर्ति नगरपालिका आफैंले बनाएको हो ।
दशैंसम्म उद्घाटन गर्ने तयारी थालिएको छ ।त्यहाँ धार्मिक पार्क पनि बनाउँने तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
सुंगुरको यो मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरेको थियो । अहिले धनु याख्खा कलाकारले उक्त मूर्ति बनाइराखेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****