बुधबार २४ जेठ २०८०

जिल्लाको जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा ठेकेदारसँग नेताले कमिसन आएको आरोप लागेको छ । कमिसनको लोभमा मापदण्डविपरीत निर्माण भएको सडकमा भएको दुर्घटनामा वडा अध्यक्ष लगायत स्वास्थ्यकर्मीको समेत ज्यान गएको छ ।

जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले सडक कमसल रहेको भन्दै आवाज उठाउँदै आएका पनि वास्ता गरिएको थिएन । यस्तो कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको ज्यान गइसकेको छ ।

ज्यान गुमाएका परिवारका आफन्तले नेताले घुस खाएर बाटो बिगारेको र त्यसमा आफन्तले ज्यान गुमाउनु परेको भन्दै आ क्रो श ब्यक्त गरेका छन् । अहिले घटनास्थल त ना व ग्रस्त भएको बुझिएको छ ।

जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा व्यवसायीले डोजर चालकलाई इञ्जिनीयर बनाएर सडक खनेका थिए । अघिल्लो वर्ष मात्र खनिएको सो सडकमा जिप चल्नै नसक्ने भएपछि गाउँपालिकाले समेत केही रकम विनियोजन गरी सडकलाई केही सजिलो बनाएको थियो ।

जुनिचाँदे गाउँपालिका–१ औलमा बुधबार बेलुकी भे १ ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको निधन भएको थियो । ज्यान गुमाउनेमा वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कृति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा नं ५ की ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र लालबहादुर बुढा रहेको बताइएको छ । छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको परिचान खुलेको छ । चालक गोरखबहादुर बस्नेत सम्पर्कमा नरहेको बताइन्छ


Last Updated on: December 20th, 2021 at 12:33 pm
७४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया