बुधबार २४ जेठ २०८०

महिलामाथि हुने हिं; सा सर्वत्र फैलिएको छ । नेपालमा मात्र होइन अन्य देशका महिला पनि यस्तो हिं; साको शि का र बनिरहेका छन् ।

यस्तै नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई छात्रासँग अ; नैतिक काम गर्ने प्रस्ताव गरेको अभियोगमा जे ल सजाय तोकिएको छ ।

सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग यस्तो प्रस्ताव गरेका थिए ।

उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई वर्षको जे ल सजाय तोकिएको छ ।

शिक्षकको ब्यवहारमाथि ती छात्रालाई पहिले देखि नै शंका थियो त्यसैले २३ वर्षे ओसागीले सिएनएनसँगको अन्तर्वार्तामा एकिन्डेलविरुद्ध प्रमाण जुटाउनका लागि उनको कुराकानीलाई गोप्य तरिकाले रेकर्ड गरेको बताइन् ।

उनले त्यो रेकर्ड सार्वजनिक गरिदिइन् । ओसागीले सिएनएनलाई दिएको अन्तर्वार्ताको एक महिनापछि एकिन्डेललाई ओबाफेमी एवोलोवो युनिभर्सिटीले निष्कासित गरेको छ । एजेन्सी**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

काठमाडौँ, ४ पुस -काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज

महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थिए । दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा उक्त सवारीसाधन जाँच गर्ने क्रममा

लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उनले झोलामा टेपले बाँधेर ल्याएको अवस्थामा फेला पारिएको र फर्पिङस्थित प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिरहेको छ ।

उनको साथबाट डाइजेपाम ४७५, फेनारगन ४९९, नुफिन ४९३ एम्पुल फेला पारिएको पनि प्रहरीले जनाएको छ । (रासस)


Last Updated on: December 20th, 2021 at 12:52 pm
६०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया