
साफ यू-१९ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ। आइतबार बंगालदेशको राजधानीमा ढाकामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गर्यो। पराजयसँगै नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ। समूह चरणमा शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधान अनुसार भारत भने फाइनलमा पुगेको छ।
भारत चार खेलबाट ९ अंक जोड्दै फाइनल पुगेको हो। नेपालको चार खेलबाट ७ अंक छ। बंगलादेशको ३ खेलबाट ७ अंक नै छ। आज साँझ बंगलादेशले श्रीलंकासँग खेल्दैछ। तुलनात्मक रूपमा कमजोर देखिएको श्रीलंकासँग बंगलादेश पराजित भए मात्र नेपाल फाइनल पुग्नेछ। बंगलादेशलाई भने फाइनलमा पुग्न बराबरी खेले पुग्छ। जित निकाले बंगलादेश समूह विजेता बन्नेछ।
अघिल्ला तीनै खेलमा पराजित श्रीलंकाले १६ गोल खाँदा कुनै गोल गर्न सकेको छैन। भारत जस्तो बलियो टिमलाई हराएको बंगलादेश स्वभाविक रूपमा श्रीलंकाथि हाबी हुनेछ। नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा श्रीलंकालाई ६-० र तेस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो। बंगलादेशले नेपालसँग बराबरी खेल्दा भारत र भुटानलाई हराएको थियो।
काठमाडौँ, ४ पुस -काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज
महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थिए । दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा उक्त सवारीसाधन जाँच गर्ने क्रममा
लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उनले झोलामा टेपले बाँधेर ल्याएको अवस्थामा फेला पारिएको र फर्पिङस्थित प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिरहेको छ ।
उनको साथबाट डाइजेपाम ४७५, फेनारगन ४९९, नुफिन ४९३ एम्पुल फेला पारिएको पनि प्रहरीले जनाएको छ । (रासस)