
काठमाडौँ : अपरिचित युवा/युवतीलाई कार्यक्रममा ल्याएर केही समय सँगै बस्ने अवसर दिएर पछि जीवनसाथी छान्ने अवसर दिने रियालिटी शो नयाँ हैन। भारत, अमेरिका, बेलायत लगायतका देशमा पहिल्यै चर्चित भएको रियालिटी शो हो।
यस्ता कार्यक्रम रियालिटी शो भनिए पनि पूर्व नियोजित समेत हुने गरेका छन्। कार्यक्रमको फर्म्याट अपरिचित २ जनालाई सँगै बस्ने अवसर दिएर एक-अर्कालाई बुझ्ने मौका दिने र मन मिले जीवन साथी चुन्ने नै हो।नेपालमा अन्य रियालिटी शो भित्रिए पनि टेलिभिजन च्यानलहरूले डेटिङ रियालिटीको फ्रेन्चाइच ल्याउने आँट गरेनन्। यही बेला एक युट्युब च्यानल सञ्चालकले यही फर्म्याटको कार्यक्रम ल्याएर चर्चित बनाए ब्लाइन्ड डेटको नाममा।
यसका विजेता बने शिलु पोखरेल अनि मिस्टर केके अर्थात् किरण खाती। किरण अहिले गोल्डि बनिसके। स्ट्रग्लर आर्टिस्ट ज्वेलरी बिजनेस म्यान बने।ब्लाइन्ड डेटमा आउनु अघि शिलु र किरण किरण र शिलुले त विवाह समेत गरिसके। यही कार्यक्रममार्फत बिहे गरेको भनेर ब्लाइन्ड डेट प्रसारण हुने युट्युब च्यानलमा ट्रेलर समेत राखेका छन्।
देवेन्द्र र शिलु पहिल्यैदेखि यो कार्यक्रममा भए पनि किरण पछि आएका हुन् वाइल्ड कार्ड मार्फत। पहिलो डेटमा उनीहरूले पहिल्यै चिनेको स्विकारेका छन् तर बिचमा सम्बन्ध बिग्रिएझैँ गरेका छन्। अन्तमा दुवै विवाहसम्म पुगे। हेर्दा यही कार्यक्रममा भेटेर नै उनीहरू जीवन साथी बनेको झैँ देखिए पनि यो दर्शकलाई झुक्याएको मात्र देखियो। यी दुबैबारे जानकार स्रोतका अनुसार उनीहरू पहिल्यैदेखि परिचित र निकट थिए।
पहिलो गीतको म्युजिक भिडियो।
कला क्षेत्रमा प्रवेश गर्न दुवै इच्छुक थिए। यी दुवैले कलङ्कीको एकै डान्स सेन्टरमा डान्स सिकेका हुन्। शिलुलाई गायनमा रुचि भएकाले उनले गीत गाइन् पनि। किरणले उनीसँग म्युजिक भिडियोमा अभिनय गर्नेदेखि निर्देशनसम्म गरेका थिए। उनीहरू म्युजिक भिडियोमा सानो झलकका लागि पनि सुटिङमा जान्थे। २ वर्ष अगाडिको ‘किन कर्के नजर लाउँछौ यसरी’ को भिडियो हेरे पक्कै चिन्नुहुन्छ दुबैलाई। उनीहरू बिजनेस पाट्नर समेत रहेको देखियो।
दुवैले नयाँबानेश्वरमा एसके हिपहप क्लोदिङ चलाएका थिए। इन्टाग्राममा यो सन् २००९ मा आइप्लेक्समलमा खोलिएको देखिन्छ। इन्स्टामा कपडाको मोडल शिलु नै बनेकी छिन्। नाम एसके अर्थात् शिलु र किरण।
सन् २००८ मा शिलुको पहिलो गीत रिलिज भएको थियो ‘आँखा नशालु’ नामको। यो गीत शिलु र किरण खातीले गाएका थिए। गीत शिलुले लेखेकी थिइन्। म्युजिक भिडियोको निर्देशन दुवैले गरेका थिए।
ब्लाइन्ड डेटका निर्माता रोशन दाहालसँग यी दुवै अपरिचित झैँ बनेका छन्। तर दुवै पहिल्यै परिचित हुन्। रोशनले शिलुको ‘बाल्यकाल’ बोलको गीतको म्युजिक भिडियोको सम्पादन र कोरियोग्राफ गरेका थिए। शिलुकै युट्युब च्यानलमा छ यो भिडियो। यसले कार्यक्रमको निर्माता र शिलु पहिल्यै परिचित थिए भन्ने पुष्टि हुन्छ नै।
अर्को रमाइलोको कार्यक्रमका सहभागी देवेन्द्र पाण्डे र यस कार्यक्रमका निर्देशक रोशन एकै कम्पनीमा हास्य कार्यक्रम अनि म्युजिक भिडियो बनाउने काम गर्थे। दुवै मिल्ने साथी हुन्। तर ‘ब्लाइन्ड डेट’ निर्देशक र अपरिचित सहभागी बनेर दर्शकलाई उल्लु बनाए।
पहिलो कार्यक्रममा देवेन्द्रले अनजान बन्दै आफूलाई बिजनेस म्यान भन्दै ‘ डेटिङ शो रैछ। केटी खोज्न आएको’ भनेका थिए। पहिलो डेट देवेन्द्र र शिलुकै थियो। कार्यक्रमलाई रोचक बनाउन निर्माण टिमले सबको फेक प्रोफाइल बनाएर कसैलाई गोल्ड बिजनेस म्यान, कसैलाई हङकङ आइडिवाली त कसैलाई टप बिजनेस ओनर बनाएर दर्शकलाई भुलाए।
निर्माण टिमले टेलिभिजन च्यालनविना नै कार्यक्रम हिट बनाए। यो राम्रो हो। तर फेक कन्टेन्ट बनाएर मनोरञ्जनको नाममा दर्शकलाई मूर्ख बनाए।