बुधबार १३ साउन २०७८

आइतबार बिहान ६ बजेको समयमा पाल्पा स्थित आफ्नै होटलमा मृत फेला परेकी २२ वर्षिया रुपा पराजुलीको विवाह भएको एक महिना पनि पुगेको थिएन ।

तानसेन नगरपालिका वडा नम्वर १२ को अउला भन्ने स्थानमा रहेको रानीमहल होटल एण्ड रेष्टूरेण्टको कोठामा उनी झु-ण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

recommended by
Mgid
Mgid

GOODMENONTHEGO
Stop failing in bed, use this
Men, do this tonight
LEARN MORE

उनको माइती घर अर्घाखाँचीको पाणेनी गाउँपालिका वडा नम्वर–३ खिदिम आम्वोट हो । रुपाका बाबु दामोदर पराजुलीले छोरीले आफै आ-त्मह-त्या नगरी कसैले ह-त्या गरेर झु-डाई दिएको आशंका गरे ।

बाबु पराजुली भन्छन्– ‘मेरो साली माग्न आएपछि पाल्पा तानेसेनका सुन्दर घिमिरेलाई छोरी दिइयो । हामीलाई त्यो केटा कस्तो छ भन्ने थाह थिएन । तर, छोरीकी आफ्नै सानीमा माग्न आएपछि केटा र घर–घरान राम्रै होला भनेर छोरी दिइयो ।बैशाख ११ गते विवाह भयो ।

हालै वैवाहिक जीवन सुरु गरेकी रुपा दुलहीको रुपमा दुलाहासँग ।

दोश्रो दिन उनीहरु धुर्पाइलो फर्काउन आए । दुबै जना खुशी थिए । हामीले खर–खजना सबै कुराको ब्यवस्था मिलाएर घर पठायौं ।’केहि दिन पछि त हामीलाई भन्न अफ्ठ्यारो लागेर छोरीले आफ्नी दिदीसँग श्रीमान चुरोट खाए चुरोट र वियर पिई छोरीको मुखमा थुक्ने, पि-ट्न गरेको कुरा रुँदै सुनाउन थालिछन् । हामीले ज्वाइँका दाजुलाई फोन गरेर सम्झायौं । हुन्छ सम्झाउँछु भन्दै हुनुहुन्थ्यो ।’

पराजुलीले छोरीको अनितम फोन कुराकानीको स्मरण गर्दै थप्छन्–‘अँस्ती साँझ छोरीले फोन गरिन्, सञ्चै हुुनुहन्छ बुवा? उनले सोधिन् । ‘ज्वाँई खै त देउन फोन’ भने । छोरीले ‘मोटरसाइकल लगेर कता हो जानु भएको छ ।’भनेर भनिन् । कुराकानी गर्दा–गर्दै ज्वाँइको मोटर साइकल आयो । हामीले फोनमा सुनिरहेका छौं । उहाँ भित्र पस्नु भयो । एक छिन पछि ज्वाँँइका दाजुले पछि फोन गर्छ रे भाइले भन्ने जवाफ आयो ।

केहि बेरपछि छोरी फोनमा रुँदै थिईन झ्याप्प फोन का-टियो । त्यस पछि हामी निदाऔं । अर्को दिन विहान छोरी झु-ण्डिएको अवस्थामा फेला परेको भन्दै फोन आयो । ज्वाँइले त्यस रेष्टुरेन्न्टमा ट्यापे केटाहरु जम्मा गर्ने र माद-क पदार्थहरु खाने पिउने गरेको आरोप पराजुली लगाउँछन् ।

उनले त्यस्तै ट्यापे केटाहरु लगाएर छोरीको ह-त्या गरि झु-ण्डिएको देखाएको उनको आरोप छ । होटलको ट्रसमा नाम्लाको पासोमा उनी झु-ण्डिएकी थिइन । जबकी त्यो ट्रस भुँइदेखि ९ फिट उचाईको छ । कसरी उनी त्यहाँ पा-सो लगाउन सक्छिन् ? उनले प्रतिप्रश्न गरे ।

२२ बर्षको उमेरमा विवाह भई एक महिना नपुग्दै न जीवन साथीको माया न जीवन हुँदै सदाका लागि यस धर्तिबाट विदा भएकी रुपा खिदिमकै फर्चमाटाकुरा माध्यामिक विद्यालयबाट कक्षा १२ को परिक्षा दिएर बसेकी थिइन् ।

दुई छोरी र एक छोरा मध्ये दामोदर पराजुलीकी उनी दोश्रो सन्तान हुन् । जेठी छोरीको विवाह भइसकेको छ भने मृतक रुपाका भाई घर मै छन् । यसरी बिवाहको एक महिना नवित्दै छोरी गुमाउदा पराजुली परिवार शोकमा छन् भने न्यायको खोजीमा पनि छन् ।himalayadainik मा खबर छ


Last Updated on: May 21st, 2021 at 7:00 pm
४५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया