
एक पसल कर्मचारीको हत्याको विरोधमा आज दमकका व्यवसायीहरुले मुख्य बजार क्षेत्र बन्द गरेका छन् । हत्यारालाई कारबाहीको माग गर्दै व्यवसायीहरुले स्वतस्फूर्त पसल व्यवसाय बन्द गरेका हुन् ।
दमक ६ स्थित घिमिरे मार्केटमा एक पसलमा काम गर्ने प्रकाश पराजुलीको बुधबार साँझ हत्या भएको थियो । हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै व्यवसायीले प्रहरी तथा प्रशासनमा ज्ञापन पत्र पनि बुझाएका छन् ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठसहित पुगेको व्यवसायीहरुको टोलीले इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् । हत्यामा संलग्नलाई अबिलम्ब पक्राउ गरि कानूनी दायरमा ल्याउन ज्ञापन पत्रमा माग गरिएको छ ।
हत्यामा संलग्नलाई सार्वजनिक गरी दण्डित नगरे संघर्षका थप कार्यक्रम सार्वजनिक गर्ने दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले बताएका छन् । व्यवसायीहरुको टोलीलाई प्रहरी प्रमुख कार्कीले हत्यामा संलग्नको खोजीमा प्रहरी परिचालित भई सकेको भन्दै चाँडै सार्वजनिक गरिने बताएका छन् ।
काठमाडौँ, ४ पुस -काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज
महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थिए । दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा उक्त सवारीसाधन जाँच गर्ने क्रममा
लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उनले झोलामा टेपले बाँधेर ल्याएको अवस्थामा फेला पारिएको र फर्पिङस्थित प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिरहेको छ ।
उनको साथबाट डाइजेपाम ४७५, फेनारगन ४९९, नुफिन ४९३ एम्पुल फेला पारिएको पनि प्रहरीले जनाएको छ । (रासस)