बुधबार २४ जेठ २०८०

ग्रिसमा भएको सडक दु’र्घटनामा ४ जना नेपालीको नि’धन भएको छ । जसमध्य एक जना कैलालीको भएको खुलेको छ । दुर्घटना नोभेम्बर दोस्रो साता भएको थियो । उनीहरु को नेपाली हुन् भन्ने खुलेको थिएन । हालै एक जना कैलालीको भएको खुलेको छ । गत नोभेम्बर दोस्रो साता ग्रिसमा गाडी दुर्घटनामा परी मृत्यु भएका चार नेपालीमध्ये एक जनाको परिचय पत्ता लागेको दुतावासले जनाएको छ।

उनीहरु गैर कानुनी रुपमा टर्कीवाट ग्रिस प्रवेश गर्ने क्रममा थिए । त्यहाँस्थित नेपाली राजदूतावासका अनुसार मृतक ४ मध्ये एक जना कैलालीको गौरीगंगा नगरपालिका–४ घर भएका ३७ वर्षीय लक्ष्मण सापकोटा भएको खुलेको हो । बाँकी ३ जनाको अझै पहिचान खुल्न सकेको छैन।

उनीहरू गैरकानुनी रूपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा गाडी दु’र्घटनामा परेको दुतावासले जनाएको छ । चिनिन बाँकी तीन मृ त कको तस्बिर इन्टरपोलमा राखेर सार्वजनिक गरिएको दूतावासले जनाएको छ।

काठमाडौँ, ४ पुस -काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज

महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थिए । दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा उक्त सवारीसाधन जाँच गर्ने क्रममा

लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उनले झोलामा टेपले बाँधेर ल्याएको अवस्थामा फेला पारिएको र फर्पिङस्थित प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिरहेको छ ।

उनको साथबाट डाइजेपाम ४७५, फेनारगन ४९९, नुफिन ४९३ एम्पुल फेला पारिएको पनि प्रहरीले जनाएको छ । (रासस)


Last Updated on: December 20th, 2021 at 4:48 pm
१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया