
फिलिपिन्समा बिहीवार आएको एउटा शक्तिशाली समुद्री आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन्।
अहिलेसम्म कम्तीमा ३७५ जनाको मृ त्यु भएको पुष्टि भइसकेको छ भने सयौँ मानिस घाइते भएका छन्।
उक्त आँधीका कारण ठूलो वेगमा हावाहुरी चलेको र ठूलो पानी परेको थियो।
आँधीका कारण दक्षिणी फिलिपिन्समा सञ्चार तथा विद्युत् आपूर्ति पनि प्रभावित भए।
एउटा बाढीग्रस्त ठाउँमा उद्धारकर्मीहरूले एक महिनाकी एउटी शिशुलाई बाटामा राखेर सुरक्षित ठाउँमा लगेका छन्।
हेर्नुहोस् यो भिडिओ।
एजेन्सी । बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री कट्रिना कैफ आफ्नो विवाहको दिन निकै सुन्दर देखिएकी थिईन् । कैटरीना कैफ हरेक विवाह समारोहमा सुन्दर देखिन्छिन्।
कट्रिना कैफको सुन्दरताको चारैतिर चर्चा चल्दै आएको छ । अहिले कट्रिनाले प्रिवेडिङ फेस्टिभलका नयाँ तस्विरहरू सेयर गरेकी छिन् । जसलाई देखेर तपाईको मुखबाट एक शब्द मात्र निस्कनेछ र त्यो वाउ हो।
यी तस्बिरहरूमा, सब्यसाचीको सुन्दर साडीले कट्रिना कैफको लुकलाई थप सुन्दर देखाएको छ । उनले लगाएको साडी कुनै साधारण साडी थिएन। उनको साडीको बारेमा तपाईले थाहा पाउनु भयो भने छक्क पर्नु हुनेछ । अभिनेत्रीको यो पेस्टल साडी बनाउन १८०० घण्टा लागेको थियो ।
यो ४० कारीगरहरु द्धारा बनाईएको थियो। डिजाइनर सब्यसाचीले कट्रिना र विक्कीको यो पोशाकको विवरण इन्स्टामा सेयर गरेकि छिन् ।