
सुजल जिएमसुजल जिएम एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । अहिले सम्म धेरै भिडियो समाजिक सन्जालमा ल्याइसकेको सुजल आज भने नयाँ भिडियो लिएर आएको छ । आफ्नै बिहे मा बेहुली पहिरहन मा नाचेको भिडियो भाईरल भएको छ । आज भने तेही बेहुली सँग गरेको कुराकानी लिएर आएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। https://youtu.be/IdJvqi2EtMw
हामिले कहिलेकाही सुन्ने गरेका छौ अहिले लिङ्ग परिवर्तनको कुरा । तर यो वास्तवमा नै भएको छ दाङ जिलाकी अनिता चौधरीको जीवनमा । पहिले शंकर चौधरी अहिले अनिता चौधरी भएकी छिन । आफू पहिले केटा नै जन्मिएको उनको भनाई छ ।
काठमाडौ बस्दै आएकी अनिता तिहार मनाउनका लागि दाङ आएको बेला उनिसगँ कुराकानी भएको हो । उनले अहिले आफ्ना दाईहरुलाई तिहारमा भाइटिका पनि लगाइदिएकी छिन । आफुले शंकरको जिन्दगी बिर्सिसकेको बताईन ।
आफू १४ वर्षको उमेर हुदाँदेखि नै कोहि राम्रो केटा देख्दा उसैप्रती आकर्षित हुने गरेको उनको भनाई थियो । आफू त्यो बेला केटा नै रहे पनि कुनै केटि तर्फ त्यो बेला ध्यान नजाने अनिता बताउँछिन । तर केटा देख्दा भने आकर्षित हुने, नजिक जान मन लाग्ने, बोल्न मन लाग्ने इत्यादि हुने गरेको अनिता बताउँछिन ।
अहिले लिङ्ग परिवर्तन गरेर यो पलि दाजुभाईहरुसगैँ तिहार मनाउदा खुशी लागेको बताउँछिन । पहिले सगैँ बसेर बहिनिको हातबाट टीका लगाउने गर्नेलाई नै आफुले टीका लगाईदिदा लाज पनि लागेको बताईन ।
पहिले सगै बसेर टीका लगाउने भाइ अहिले बहिनी बनेर आफैलाई टीका लगाइदिदाँ दाइहरुलाई पनि पैसा दिएर खुट्टामा ढोग्दा केही असजिलो उनिहरुले महसुस गरेको आफुले पाएको अनिता बताउँछिन ।
आफुले लिङ्ग परिवर्तन गरेपछी भने कतिपयले हिजडा भन्दै हेला पनि गरेको उनी सुनाउँछिन । त्यो बेला भने आफुलाई बाच्न मन नलाग्ने गरेको उनको गुनासो छ ।
अहिले आफू पहिलेको शंकर हुदाँको जिन्दगी बिर्सिसकेको बताउँछिन । शंकर चौधरीको अस्तित्व नै नभएको आफुलाई लाग्ने गरेको उनको भनाई छ ।
शंकर बाट अनिता बनेपछी आफू अनितामा नै रमाएको उनको भनाई छ । अब अहिले आफू बिबाह को तयारिमा रहेको पनि अनिताले खुलाएकी छिन ।
सायद यहि आउने माघ महिनामा बिबाह हुने उनले बताईन । फेसबुकबाट चिनजान भएको ब्याक्तीसगँ बिबाह हुने उनले बताईन । तर नाम भने अहिले नखुलाउने उनको भनाई छ । उनले पनि आफ्नो अन्तरबार्ताहरु सबै हेरेर नै मन पराएको अनिताको भनाई छ ।
अहिले दुबैको परिवारमा कुरा भै रहेको उनले बताईन । आफुले बिबाह गर्न लागेको केटाको पहिले बिबाह भएर सम्बन्द बिच्छेद भएको र उहाको ६ वर्षको छोरा पनि भएको उनले खुलाईन ।
आफ्नो अन्तरबार्ता हेरेपछी थुप्रै ब्याक्तिहरुबाट आफुलाई बिबाह प्रस्ताव आएको अनिता बताउँछिन । तर खै उहाँसग चै भाग्यले नै जुराएर हो कि प्रस्ताव आफुले स्विकार गरेको भन्दै अनिता सुनाउँछिन । लिङ्ग परिवर्तन गरि महिला बनेपछी भने अनितालाई आइमाईहरुले नै पिसाब फेर्ने ठाउँ कस्तो छ देखाउन भन्ने गरेको पनि खुलाईन ।