
बुर्तिबाङ : बुर्तिबाङमा बसले कि च्दा एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा बसले कि च्दा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३१ वर्षीय बल बहादुर काउचा घाईते भएका हुन् ।
रुकुमको रुकुमकोटदेखि बुर्तिबाङ काठमाडौँ जाँदै गरेको ना ५ ख २३९३ नम्बरको बसले कि च्दा काउचा घाइते भएका हुन् । आइतबार अप्राहन्न ४ बजेति बुर्तिबाङको देवचोकदेखि बडिगाड आफ्नो घरसम्म पुग्नका लागि बसमा चद्दै गर्दा अचानक बसको ढोकाबाट खसेपछि बसको पछिल्लो चक्काले कि चेको प्रत्यक्षदर्शीले बताए ।
घाइते काउचाको खुट्टाको घुँडा र हातमा गम्भीर चोट लागेको छ । बसका चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको छ । घाईतेलाई बुर्तिबाङ स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य सम्योजक घनश्याम शर्माले जानकारी दिए ।
एजेन्सी । बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री कट्रिना कैफ आफ्नो विवाहको दिन निकै सुन्दर देखिएकी थिईन् । कैटरीना कैफ हरेक विवाह समारोहमा सुन्दर देखिन्छिन्।
कट्रिना कैफको सुन्दरताको चारैतिर चर्चा चल्दै आएको छ । अहिले कट्रिनाले प्रिवेडिङ फेस्टिभलका नयाँ तस्विरहरू सेयर गरेकी छिन् । जसलाई देखेर तपाईको मुखबाट एक शब्द मात्र निस्कनेछ र त्यो वाउ हो।
यी तस्बिरहरूमा, सब्यसाचीको सुन्दर साडीले कट्रिना कैफको लुकलाई थप सुन्दर देखाएको छ । उनले लगाएको साडी कुनै साधारण साडी थिएन। उनको साडीको बारेमा तपाईले थाहा पाउनु भयो भने छक्क पर्नु हुनेछ । अभिनेत्रीको यो पेस्टल साडी बनाउन १८०० घण्टा लागेको थियो ।
यो ४० कारीगरहरु द्धारा बनाईएको थियो। डिजाइनर सब्यसाचीले कट्रिना र विक्कीको यो पोशाकको विवरण इन्स्टामा सेयर गरेकि छिन् ।