आइतबार २१ जेठ २०८०

काठमाडौं । जाजरकोटमा अन्तराष्ट्रिय विवाहका कारण भएको विवादले करिब आधा दर्जन युवाको ज्यान लियो । फेरी मुगुमा त्यस्तै प्रकृतिको घटना भएको छ । मुगुमा ठकुरी युवतीसंग प्रेम गरेर विवाह गरेका कारण एक दलित युवक वेपत्ता भएका छन् । युवतीका माइती पक्षले वेपत्ता बनाएको आरोप युवकका परिवारले लगाएका छन् । मुगुको सोरु गाउँपालिका वडा नम्बर ४ लिपु्र गाउँकी सुन्तली मल्ल (१९) संग प्रेम विवाह गरेका चन्द्रे कामी वेपत्ता भएका हुन् ।

उनीहरुले एक महिना अघि विवह गरेका थिए । बेहुली बनाएर सुन्तलीलाई लिएर घरमा गएका चद्रेलाई लिन सुन्तलीका माइती पक्ष गएका थिए । घरमै पुगेर तोडफोड पछि चन्द्रेलाई लिएर आएका थिए । चन्द्रै र सुन्तलीलाई माइतमा लिएर आएको भएपनि सुन्तली माइतमै छन् भने चन्द्रे वेपत्ता छन् ।

तल्लो जातको केटासँग सुन्तलीको विवाहलाई लिएर चार दिन अगाडि माइती पक्षले केटालाई हात पात गरेको उनका बुवाले बताएका छन् । सुन्तली ठकुरीसँग सर्केगाड गाउँपालिका १ जैर नात्ताका चन्द्रे कामीले गरेको विवाहकै कारण उनलाई बेपत्ता पारिएको परिवारको भनाई छ ।

युवती सुन्तलीका परिवार, अन्य सदस्य र ठकुरी समुदाय यो विवाहको विरुद्धमा थिए । सर्केगाड गाउँपालिका १ का वडाध्यक्ष गोकुल बुढासंग उनीहरु विवाह दर्ता गर्न समेत पुगेका थिए । लुकेर हुम्ला बसेका उनीहरुले सुटुक्क विवाह दर्ता गर्न खोज्दा सफल हुन सकेनन् । उनीहरुको उमेर नपुगेका कारण विवाह दर्ता गर्न नमिलेको बुढाले बताएका छन् । केटाको उमेर २० वर्ष मात्र भएकाले दर्ता नगरेको बुढाको भनाई छ ।

एक महिना हुम्लामा लुकेका उनीहरुलाई युवती पक्षकाहरुले निकै खोजेका थिए । तर फेला नपारेपछि अब हामी केही गर्दैनौं फर्केर आउ भनेर फकाएका थिए । तर उनीहरु घर फर्किए पछि माइती पक्ष आएर लिएर गएको स्थानियको भनाई छ । चन्द्रेका बुवा धनन्जय कामी तत्लो जाति भएकै कारण अपहेलना गरी पाँचदिनदेखि छोरालाई बेपत्ता पारिएको बताउँछन् । उनले आफ्ना छोराको खोजी गरिदिन आग्रह गरेका छन् ।


Last Updated on: December 21st, 2021 at 1:15 pm
४२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया