
७ कक्षामा पढ्दा १ हजार रुपैयाँ दिएर दाजुभाइले घरमै लगे अनि…
जनकपुरधाम । लक्ष्मी १७ वर्षकी भइन्। हेर्दा लाग्दैन, कुनै समस्यामा परेकी छन् । तर उनको पी-डा कुनै पहाड भन्दा सानो छैन। फिल्मको कथामा जस्तै उनीसँग घोर अन्याय भएको छ।
जनकपुरदेखि करिब १८ किलोमिटरको दूरीमा पर्छ धनुषाधामको सरसा गाउँ। यही एउटा फुसको घरमा बस्छिन् उनी । घरमा अहिले भाउजू, आमा, बुवा र हजुरआमा पनि बस्छन्।
दुई वर्ष अगाडि उनी आमाले पत्थरीको अप्रेशन गराइन् । करिब २ महिना अस्पतालमै बिताउनु पर्याे । उनी आमासँगै बुवा पनि बसे-हेरचाह गर्न । उनका दाजु जनकपुरमा विद्युतका पोल गाड्थे । बिहे भएको थिएन ।
पहिलो दिन एक हजार रुपैयाँ दिएर ब ला त्कार गर्यो । त्यसपछि कहिले लुगा किनिदिन्छु त कहिले सरिफा र अनार दिन्छु भनेर ब ला त्कार
सबै आफ्नो काममा व्यस्त थिए । उनी एक्लै घरमा बस्थिन् । त्यही मौकामा छिमेकी (परोसी) भरतमान श्रेष्ठ र उनका दाइ राममान श्रेष्ठले पटक पटक उनलाई लोभ देखाएर ब ला त्का र गरे। त्यतिबेला लक्ष्मी गाउँकै सरकारी विद्यालयको कक्षा ७ मा पढ्दै थिइन्।
श्रेष्ठ र लक्ष्मीको घर टाँसिएको छ। श्रेष्ठ परिवार विगतका जमिन्दार हुन् । घरमा कोही नभएको मौका छोपेर कहिले भरतमान त कहिले राममान इशारा गर्दै लक्ष्मीलाई आफ्नो घर बोलाउँथे ।
कयौं दिन मुख थुनेर जव’र ज’स्ती गरे-पालैपालो । विगत सम्झिँदै लक्ष्मी भन्छिन्, ‘पहिलो दिन एक हजार रुपैयाँ दिएर ब ला त्कार गर्यो । त्यसपछि कहिले लुगा किनिदिन्छु त कहिले सरिफा र अनार दिन्छु भनेर ब ला त्कार गर्यो । मेरो घरको पछाडि ट्वाइलेट छ, ट्वाइलेट गर्न जाँदा इशारा गरेर बोलाउँथ्यो ।’
आमा-बुवासँग पनि कुनै बेला डराउँथिन् । जे सुर लाग्यो, त्यही गर्न थालिन् । आमा-बुवाले भूतप्रेत लागेको भन्दै कयौं धामीसँग देखाए । तर निको भएन
कलिलो उमेरमा पटक पटक ब ला त्कृत भएकी लक्ष्मी मा न सिक रो गी जस्तै भइन् । कसैलाई भने मा रिदिने ध’-म्कीका कारण ड’-रले उनी घरपरिवारमा घ’टनाबारे आफ्नो पी डा बताउन सकेकी थिइनन् ।