
श्रीमान वैदेशिक रोजगारको लागि बिदेश गएको बेला श्रीमती अर्कै केटासँग अनैतिक सम्बन्ध राखि पैसा खुवाएर श्रीमान घर फर्किने कुरा गर्दा श्रीमती फरार भएको घटनाहरु धेरै सुन्दै आएका छौ । तर अहिले भने ठिक उल्टो घटना बाहिर आएको छ । श्रीमती विदेश भएको बेला एक श्रीमानले अर्कै केटि लिएर फरार भएको भन्दै तारा लामाले फोन सम्पर्क मार्फत मिडियामा आएकी थिइन । उनले आफ्नो श्रीमनको खोजी गरिदिन मिडियामा अनुरोध गरेकी थिइन ।
तारा लामाका श्रीमान रमेश लामाले आफू बिदेश आएको २ महिना नपुग्दै अर्कि श्रीमती लिएर फरार भएको भन्दै मिडियामा आएकी थिइन । ताराका अनुसार आफुले नेपाल आएर धेरै ठाउँ खोज्ने प्रयास गरेको भएता पनि श्रीमान रमेश लामालाई कतै पनि पत्ता लगाउन नसकेको बताएकी छिन । श्रीमान आफू बिदेश गएको २ महिना बाट सम्पर्क बिहिन भएको र आफू अहिले नेपाल आउदा पनि श्रीमान सम्पर्कमा न आए पछि अहिले मिडियामा आएको बताएकी छिन ।
घरमा दुई जना छोराहरु छोडेर आफू बिदेश गए पछि देखि नै श्रीमान हिडेको उनले बताईन । घरबाट बच्चाहरुले आफुलाई फोनमा बाबा नभएको भन्दै बताउने गरेको उनको भनाई छ । बाबाले कहिलेकाही फरक फरक नम्बरबाट फोन गर्ने तर उक्त नम्बरमा आफुहरुले गर्दा नलाग्ने गरेको आफुलाई नानिहरुले बताएको ताराको भनाई छ । १५ वर्षको उमेरमा रमेशसगँ बिबाह गरेकी तराका अहिले जेठा छोरा १४ वर्षीय र कान्छो छोरा ११ वर्षका छन । उनिहरु भक्तपुर बस्दै आएका थिए ।
छोराहरु र श्रीमान रमेश लामालाई भक्तपुर मै छोडेर आफू केही कमाउँला भनी विदेश गएको तारा बताउछिन् । तारा बिदेश गएको बेलादेखि नै रमेश समयमा घरमा न आउने, छोराहरुले फोन गर्दा पनि न उठाउँने, कुनै काम पर्दा आफू फोन गर्ने तर छोराहरुले गर्दा नलाग्ने बनाउने गरेको कुरा ताराका छोराहरुले
बताएका छ्न । आफू बिदेश गएको २ महिना पछिदेखी नै छोराहरुलाई बिचल्नी अवस्थामा छोडेर श्रीमानले अर्कै लिएर हिडेको ताराले मिडियामा बताएकी छिन ।
रमेशका दाजुका अनुसार अहिले रमेश काठमाडौ बस्दै आएको भन्ने आफुले सुनेको बताए । आफुसगँ पनि सम्पर्क नभएको ३/४ वर्ष भएको उनको भनाई छ । तर गाउँमा लगेर कान्छी श्रीमती भित्राएको भने सत्य भएको उनले बताएका छन । घर व्यवहारको कारणले र केटी सँग हिड्ने, समयमा घर नर्फकिने गरेको कारणले श्रीमानसँग कहिलेकाहि झगडा भने हुने गरेको तारा बताउँछिन । अहिले ताराले मिडिया मार्फत श्रीमान रमेश लामा लाई अन्तिम पटक छोराहरूको भविष्यको लागि भए नि एक चोटि सम्पर्कमा आईदिनु भन्ने आग्रह गरेकी छिन । ( भिडियो हेर्नुस)