बुधबार २० मंसिर २०८०

एजेन्सी – भारतीय अभिनेत्री दीपिका सिंह असाध्यै आलोचित बनेकी छिन् ।

recommended by
Mgid
Mgid

GOODMENONTHEGO
Men, do this tonight
Israel #1 sexual health remedy 2019
LEARN MORE
चक्रवात तुफानका कारण महाराष्ट्रको तटीय इलाकाहरूमा ठूलो क्षति भयो । त्यसका कारण लडेका रुखबीच दीपिकाले डान्स भिडियो बनाइन् । तर त्यो भिडियो उनलाई मँहगो साबित बन्न पुग्यो । उनको ट्रोल भइरहेको छ । खास गरेर शोकको समयमा दीपिकाले मस्ती गरेको भन्दै आलोचना गरेका छन् ।

तुफानका कारण उनको घरबाहिर पनि एउटा ठूलो रुख लडेको थियो । अभिनेत्रीले त्यही रुख वरपर रोमान्टिक पोज र डान्स भिडियो बनाइन् । अनि उनले इन्स्टाग्राममा फोटो र भिडियो पोस्ट गर्दै लेखिन्, ‘तपाईले तुफानलाई रोक्न सक्नुहुन्न । त्यसैले यस्तो गर्ने कोसिस नगर्नुस् । यस्तोमा तपाईले आफैंलाई शान्त राख्ने कोसिस गर्न सक्नुहुन्छ र प्रकृतिको यस उदास रुपलाई अंकमाल गर्नुस् किनकी तुफान पनि सकिनेछ ।

यो रुख मेरो घरको ठिक अगाडि लडेको छ र यसले कसैलाई क्षति पुर्याएको छैन । तर, आफ्नो ढोकाबाट यो रुखलाई हटाउनुभन्दा पहिले मैले र रोहितले सम्झनाका लागि केही तस्विर लियौं ।’ पोस्ट लगत्तै दीपिकाको चर्को आलोचना भइरहेको छ ।

भारतिय सामाजिक संजाल प्रयोगकर्ताले निरन्तार उनको खिल्ली उडिरहेकी छन् ।

भिडियो हेर्न यहाँ क्लिक गराैँ


Last Updated on: May 21st, 2021 at 11:33 am
९३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया