
काठमाडौं, ६ पुस । बलात्कृत राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकार कारबाहीमा परेका छन् ।
जेठ २१ गते बलात्कृत भएकी राउटे समुदायकी युवतीको पहिचान गराउने पत्रकार एग्गेबहादुर बुढामगरलाई सुर्खेत अदालतले ५ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।
मगर राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक समेत हुन् । उनले अनलाईनमा युवतीको पहिचान खुल्ने गरी फोटो र नाम प्रकाशन गरेका थिए ।
युवतिमाथि जबर्जस्ती गर्ने चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ ।काठमाडौ । राउटे युवतीका बारेमा पहिचान सहित समाचार प्रकाशन गर्ने पत्रकार कारवाहीमा परेका छन् । कर णीमा परेकी एक राउटे युवतीका बारेमा समाचार प्रकाशन गर्दा युवतीको पहिचान समेत खुलाउने पत्रकार कारवाहीमा परेका हुन् । सुर्खेतमा भएको घटनामा उनले युवतीको तस्बिर र नाम समेत राखेर समाचार प्रकाशन गरेका थिए ।
राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकार कारबाहीमा परेका हुन् । जेठ २१ गते घटनामा परेकी राउटे समुदायकी युवतीको पहिचान गराउने पत्रकार एग्गेबहादुर बुढामगरले समाचार प्रकशन गरेका थिए । उनलाई सुर्खेत अदालतले ५ महिना कै द र ५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।
तर न्यायाधीश राजेन्द्रकुमार अर्यालको एकल इजलासले उनलाई २४ घन्टाभित्र क्षमायाचना गरेको खण्डमा जेल बस्नु नपर्ने विकल्प पनि दिएको थियो । त्यसअनुसार बुढामगरले आफ्नै अनलाइनमा क्षमायाचना गरेका छन् । आफ्नो फेसबुक पेज र राप्ती पहिचान डट कममा उनले क्षमायाचना गरेका हुन् । त्यसको स्क्रिन स ट उनले अदालतमा बुझाएका छन् । २४ घन्टाभित्र क्षमायाचना गरेर त्यो सामग्री ६ महिनासम्म हटाउन नहुने अदालतको सर्त थियो ।
क्षमायाचनापछि बुढामगरले कै द सजाय माफी पाएको अदालत स्रोतले जनाएको छ । जरीवाना भने उनले बुझाइसकेका छन् । अदालतमा पनि उनले माफी मागेका छन् ।
मगर राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक समेत हुन् । उनले अनलाईनमा युवतीको पहिचान खुल्ने गरी फोटो र नाम प्रकाशन गरेका थिए ।
युवतिमाथि ज बर्ज स्ती गर्ने चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ ।