बुधबार १७ जेठ २०८०

राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । आइतबार दिउँसो साढे ३ बजेपछाडि बुद्धनगर चोकको उकालोमा रहेको कम्प्लेक्स भवनको माथिल्लो तलामा एक्कासी आ’गो ला’गेको प्रहरीले जनाएको छ ।

कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आ’गो निभाउन दमकल परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने उनको भनाइ छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार फुडल्याण्डको जीमहलमा आगो लागेको हो । अहिले आ गो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेश राज मैनालीले बताए ।

इन्द्रेणी ग्रुपले संचालन गरेको इन्द्रणी स्विट्स होटलमा जीमहलसँगै बेभ लाउन्ज पनि संचालनमा छ । इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत स र्ट भएर आगलागी भएको जानकारी दिँदै आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको बताए ।


Last Updated on: December 22nd, 2021 at 11:59 am
६२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया