
इलाम । इलाम नगरपालिका–८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हा म फालेकी छिन् ।
पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घट्नास्थलमै मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा ब,जा,रिएको प्रहरीले जानकारी दिएको छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
डेढ करोड ठगी आरोपमा काठमाडौंमा एक जना पक्राउ
जग्गा बैना गर्दै ठगी गर्ने गरेको आरोपमा मंगलबार साँझ प्रहरीले काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सङ्खुवासभा घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारी छन्।
जग्गा बैना गरेर जग्गा पनि नदिने र बैना पनि फिर्ता नगरी पैसा नभएको चेक दिई ठगी गरेको भनी महानगरीय प्रहरी वृत्त (बौद्ध) मा परेको उजुरीका आधारमा उनलाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ थलीबाट पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनले जग्गा खरिद गरिदिन्छु भन्दै पैसा बैना गर्ने तर जग्गा नामसारी नगर्ने र पैसा माग्दा चेकबाट पैसा फिर्ता लिनु भन्दै पैसा नभएको बैंक खाताको चेक दिने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
उनले अहिलेसम्म यसरी ८ जनाबाट १ करोड ६६ लाख ५० हजार ठगी गरेको खुलेको छ। उनको विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ। रासस
प्रतिक्रिया