
क्वालालम्पुर ,७ पुस – मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ ।
मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।यहाँका सात राज्यमा नै बाढीले क्षति पु¥याएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ ।
एजेन्सी । बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री कट्रिना कैफ आफ्नो विवाहको दिन निकै सुन्दर देखिएकी थिईन् । कैटरीना कैफ हरेक विवाह समारोहमा सुन्दर देखिन्छिन्।
कट्रिना कैफको सुन्दरताको चारैतिर चर्चा चल्दै आएको छ । अहिले कट्रिनाले प्रिवेडिङ फेस्टिभलका नयाँ तस्विरहरू सेयर गरेकी छिन् । जसलाई देखेर तपाईको मुखबाट एक शब्द मात्र निस्कनेछ र त्यो वाउ हो।
यी तस्बिरहरूमा, सब्यसाचीको सुन्दर साडीले कट्रिना कैफको लुकलाई थप सुन्दर देखाएको छ । उनले लगाएको साडी कुनै साधारण साडी थिएन। उनको साडीको बारेमा तपाईले थाहा पाउनु भयो भने छक्क पर्नु हुनेछ । अभिनेत्रीको यो पेस्टल साडी बनाउन १८०० घण्टा लागेको थियो ।
यो ४० कारीगरहरु द्धारा बनाईएको थियो। डिजाइनर सब्यसाचीले कट्रिना र विक्कीको यो पोशाकको विवरण इन्स्टामा सेयर गरेकि छिन् ।